सुनसरी/ नेपाल पुलिस क्लबका डिफेन्डर प्रवेश कुवर दनुवारलगायतले इटहरी १७ का ३० जना बालबालिकालाई फुटबल प्रशिक्षण गराईरहेका छन्। दनुवारलगायतले इटहरी १७ का ३०जना १७ बर्ष भन्दा मुनिका बालबालिकालाई फुटबल प्रशिक्षण गराईरहेका हुन्।

दनुवारका साथै राष्ट्रिय जागृति क्लब इटहरीका स्थानीय खेलाडी अनिस चौधरी, अभिसेक कालिकोटे र सुनसरी जिल्ला फुटबल संघ तथा राष्ट्रिय जागृति क्लबका कोच, श्याम मानन्धरलयायतले बालबालिकालाई फुटबल प्रशिक्षण गराईरहेका हुन्। पछिल्लो समयमा युवानै कुलतमा तथा दुब्र्यसनमा बढी संलग्न भएको तर्फ मध्यनजर गर्दै जारी बिषम परिस्थितिमा यस्ता लतबाट टाढा राख्न तथा एक असल खेलाडी उत्पादन गर्नका लागी फुटबल प्रशिक्षण गराईएको नेपाल पुलिस क्लबका डिफेन्डर प्रवेश कुवर दनुवार बताउछन्। दैनिक २ घन्टा प्रशिक्षण गराउदै आएका उनिहरुले प्रशिक्षण गराउन थालेको पनि ४ महिना पुरा भएको छ। f

सानै उमेर देखि नै खेलाडी बन्ने सपना बोकेका तर पनि प्रशिक्षणको अभावमा घरमै बसेकालाई प्रोत्साहन गरि खेल क्षेत्रमा अगाडि बढाउन मद्दत गर्नका लागि प्रशिक्षण गराईरहेको दनुवारको भनाई छ। प्रशिक्षणका लागि आउनेहरुलाई राम्रो प्रशिक्षण दिन सके भविष्यमा देशकै असल खेलाडी उत्पादन गर्न सकिने दनुवारको भनाई छ। देशकै लागि राम्रो र असल खेलाडी उत्पादन गर्ने सम्भावना रहेको भएपनी खेलमैदानको अभाव भने प्रमुख समस्या रहेको दनुवारको भनाई छ।

स्थानीय सरकारले भने कुनै सहयोग नगरेको भएपनि फुटबल ग्राउन्ड बिना नै अर्काको प्लटिङ्गमा प्रशिक्षण गराउँदा पनि स्थानीय सरकारको ध्यानाकर्षण नभएको भन्दै दनुवारले स्थानीय सरकारसँग पनि खेलमैदानको बिषयमा बेला बेला कुरा उठाउने गरेको भएपनी स्थानीय सरकारले यस बिषयमा खासै चासो नदिएको भन्दै दनुवारले दुःख व्यक्त गरेका छन्। प्रशिक्षणको लागि आउने बालबालिकाले पनि सानै उमेर देखि फुटबल खेलाडी बन्ने सपना रहेको र फुटबलमा राम्रो ठाउँ रहेको अनि भविष्यमा देशका लागि खेल्ने सपना बोकि फुटबल सिकिरहेको बताएका छन्। l

दनुवारको यस कदमलाई स्थानीय बुढो बाघ फुटबल क्लब साथै देश बिदेशबाट पनि बिभिन्न खेल सामाग्री सहयोग हुँदै आएको छ। खेल सामाग्री, प्रशिक्षण गर्नका लागि प्रशिक्षक र खेलाडी रहेपनि खेल मैदान नहुँदा समस्या हुने गरेको तर, स्थानीय सरकारले सरकारी जग्गालाई खेल मैदानको लागि उपलब्ध गराईदिए आफ्नो समस्या समाधान हुने दनुवारको भनाई छ।