इटहरी/ सुनसरीको इटहरीस्थित प्रिमियर होटेल स्कुलले यसै शैक्षिक सत्रदेखि कक्षा ११को पनि पठनपाठन गर्ने भएको छ। बिहीबार पत्रकार भेटघाट कार्यक्रम गर्दै प्रिमियरले यस्तो जानकारी गराएको हो।

प्रिमियर स्कुललेमा व्यवस्थापन संकायमा अध्यापन गराउने जनाउँदै भर्ना खोलेको समेत जनाएको छ। ५ बर्ष देखि होटल सम्बन्धि बिभिन्न बिषय अध्यापन गराउदै आएको स्कुलले शैक्षिक सत्र २०७७ का लागि होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ट्रावल एण्ड टुरिजमलगायतका बिषयमा भर्ना लिन शुरु गरिएको प्रिमियर स्कुलका प्रमुख कार्यकारी अधिकृत सुनिल भुषालले जानकारी दिनुभयो।

कोरोना महामारीका बीच अनलाइन माध्यमबाट भर्ना प्रक्रिया जारी रहेको भन्दै भुषालले बिद्यार्थी मैत्री र आधुनिक प्रविधिको प्रयोग गरेर बिद्यार्थीलाई अध्यापन गराउने बताउनुभयो।

प्रिमियर स्कुलले बिद्यार्थीको क्षमता बिकासको लागि अध्ययन समयबाट नै इन्टनशिपको व्यवस्था पनि गरेको छ। प्रिमियरले होटल म्यानेज्मेन्टका बिद्यार्थीका लागि नियमित कक्षाहरुका अतिरिक्त तालिमहरु समेत प्रदान गर्ने र तीनवटा अलग अलग प्रमाणपत्र प्रदान गरिने सिइओ भुषालले जानकारी दिनुभयो।

भुषालले बिद्यार्थीलाई काठमाडौं, पोखरालगायतका ठाउँमा क्लोज क्याम्प तथा पाँच तारे होटलहरुमा अबलोकन भ्रमण तथा सफ्ट स्किल तालिमको समेत व्यवस्था गरेको जनाउनुभयो। दक्ष बिद्यार्थीलाई रोजगारीको अवसर समेत प्रदान गरिने भुषालको भनाई छ।

प्रिमियर स्कुलबाट सञ्चालित कक्षाहरु सहज अवस्था नभएसम्म अनलाइनबाट सञ्चालन हुने जनाईएको छ ।