धरान/ देशव्यापी अनलाइन वक्तृत्वकला प्रतियोगितामा धरान १७ की बिलम चाम्लिङ राई प्रथम भएकी छन्। किरात राई बिद्यार्थी संघ केन्द्रीय समितिद्वारा संघको २२ औ स्थापना दिवसको अवसरमा आयोजित ‘मातृ भाषामा शिक्षा बिषयक’ देशव्यापी वतृmत्वकला प्रतियोगितामा राई बिजेता भएकि हुन्।

किरात राई यायोक्खाको भातृ संगठनको रुपमा रहेको संघको भदौं १७ गते २२ औं स्थापना दिवस हो। प्रतियोगिता बिजेता राइले पुरस्कार स्वरुप नगद तिस हजार रुपैया र प्रमाण पत्र प्राप्त गर्नेछन्। प्रतियोतियोगिताका लागी बिजेता राईले साँस्कृतिक पहिरनमा प्रस्तुत भई सो बिषयमा ५ मिनेट ११ सेकेन्ड लामो प्रस्तुती दिएकी छिन्। धरानको डिपो माविमा स्नातक दोश्रो वर्षमा अध्ययनरत राईले यसअघि २०१७ मा मिस प्लस टुमा फस्ट रनर अप हुँदै मिस डिसिप्लिनको उपाधी समेत जितेकी थिइन्।

प्रतियोगितामा अनिता माझी दोश्रो र छिरिङ शेर्पा तेश्रो भएका छन्। दोश्रो र तेश्रो हुनेले जनहि नगद २० हजार, १० हजार रुपैया र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन। त्यसैगरी सुजन बिष्ट, संगीता राई र दिवस लोहोरुङ राई सान्त्वना भएका छन्।

जुनियर सहभागिको रुपमा कक्षा सात पढ्दै गरेकी दिव्या राई तथा फरक क्षमता भएका –अपाङ्गता भएका) उत्तम लावती लिम्बू पनि पुरस्कृत हुने भएका छन्। सान्वता तीनैजनालाई ५ हजारको दरले तथा जुनियर सहभागिता तथा फरक क्षमता भएका प्रतियोगिहरुलाई तीन हजारको दरले नगद तथा प्रमाणपत्र प्रदान गरिने आयोजक किरावि संघको केन्द्रीय अध्यक्ष जितेन राईले बताउनुभयो।

प्रतियोगिता देशभरबाट १०९जना सहभागि भएको निर्णायक समितिका संयोजक डा.तारामणी राईले जानकारी गराउनुभयो। निर्णय सार्वजनिक गर्ने क्रममा प्रतियोगितामा पूर्व मेचीदेखि महाकाली सम्मबाट सहभागि भएको जनाउदै देश ब्यापी र बिषय सान्दर्भीक भएको डा.राईले बताउनुभयो। प्रतियोगितामा बिषय बस्तु, भेषभुषा, हाउभाउ लगायतको बिषय समेटेर निर्णय गरिएको निर्णायक खिलराज राईले बताउनुभयो। प्रतियोगिताको लागि सहभागिहरुबाट ५ मिनेटको भिजुअल मगाइएको थियो। सो भिजुअल हेरेर पाँचजना निर्णायकहरुले सर्वसहमत निर्णय गरेका थिए।

जुम प्रविधिमा भर्चुअल कार्यक्रम
प्रतियोगिताको नतिजा सार्वजनिकसँगै जुम प्रविधिमा भर्चुअल कार्यक्रम सम्पन्न गरिएको थियो। किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भाषा आयोगको मातृभाषा बिभाग प्रमुख डा. लोकबहादुर लोप्चान, भाषाविद अमृत योञ्जनले मातृभाषा पठनपाठनको महत्व बारे प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रममा किराया केन्द्रीय उपाध्यक्ष तथा भातृ संगठन बिभाग प्रमुख जीवन हाताचो राई, किरात राई बिद्यार्थी संघको पूर्ब अध्यक्ष अर्जुन जम्नेली राई, पूर्व महासचिव डेकिन्द्रकुमार राई, किरात राई कर्मचारी संघको कार्यवाहक अध्यक्ष खिलराज राईलगायतले शुभकामना दिनुभएको थियो। संघको केन्द्रीय अध्यक्ष जितेन राईको सभापतित्वमा भएको कार्यक्रममा संघकी पूर्व अध्यक्ष बिर्सिका राई लगायतको संघको बर्तमान केन्द्रीय पदाधिकारी सदस्यहरु खोटाङ, सोलुखुम्बु, भोजपुर, धनकुटा, सुनसरी, मोरङ, उदयुपर, पाँचधर लगायतबाट सहभागि भएका थिए।

-बिकास चाम्लिङ राई

हेर्नुहोस भिडियो :