काठमाण्डौ/ संघीय राजधानी काठमाण्डौको चाबहिल चुच्चेपाटीमा रहेको आदिम कलेजले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने जनाएको छ। बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९का कारण अभिभावकको आर्थिक आम्दानीमा गम्भीर असर परेको भन्दै कलेजले छात्रबृत्ति दिने जनाएको हो।

कक्षा ११ मा अध्ययन गर्ने बिद्यार्थीलाई न्यूनतम ५० देखि शतप्रतिशत सम्म छात्रवृत्ति दिने निर्णय गरिएको कलेजका प्रिन्सिपल शंकर प्रसाद शर्माले जानकारी दिनुभयो। कलेज सञ्चालक समितिको बैठकले कोरोना महामारीका कारण र सरकारले गरेको लकडाउनका कारण कलेज सञ्चालन गर्न नसकिएको र अभिभावकको आम्दानीमा समेत असर परेकाले यस्तो निर्णय गरेको प्रिन्सिपल शर्माले बताउनुभयो।

कलेजका सहायक प्रिन्सिपल श्रीकृष्ण दाहालले ११ कक्षामा भर्ना हुने सबै बिद्यार्थीलाई सम्पूर्ण शूल्कमा ५० प्रतिशत देखि शतप्रतिशतसम्म छात्रवृत्ति दिने बताउनुभयो। अत्यन्तै कठिन अवस्थाबाट हामी सबै गुज्रिरहेको भन्दै दाहालले यस्तो बेला आँफुहरु सबैले आआफ्नो जिम्मेवारीलाई बुझ्दै नाफा कमाउने मनशाय नराखेको र अभिभावकको समस्या आँफुहरुले बुझेको बताउनुभयो।

आदिम कलेजमा बिद्यालय तहमा कक्षा ११, १२ मा बिज्ञान, व्यवस्थापन, मानविकी र कानुन र स्नातक तहमा त्रिभुवन बिश्वबिद्यालयबाट सम्बन्धन लिएर बिसीए, बिबिएस लगायतको अध्ययन अध्यापन हुने गरेको छ।