पथरीशनिश्चरे/ पारिवारिक कथामा आधारित ‘प्रिय तिमी’ बोलको गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ। जमर्को ईन्टरटेनमेन्टको अफिसियल युट्युव च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो।

सार्वजनिक गितका गायक नन्दु गुरुङ हुन्। रामप्रसाद गुरुङको शव्द, अशोक थापाको एरेन्ज र जेनेरिक स्टुडियोको मिक्सिङ र मिक्चरिङ रहेको भिडियोमा करण धिताल र रोजु श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेका छन्।

यस्तै सन्तोष किराती, ईन्द्र गुरुङ, सुरज प्रदान, डेरियन गुरुङको पनि अभिनय रहेको छ। मुहा क्रियसनको सम्पादन, अर्जुन सेन्चुरी र मुहासिङ थापा मगरको छायांकन रहेको भिडियोमा सुरज प्रदानले ड्रोन सम्हालेका छन्। भिडियोलाई गायक तथा संगीतकार देव गुरुङले निर्देशन गरेका हुन्।

हेर्नुहोस् भिडियो :