कोभिड- १९ [अपडेट]

धनकुटाको किबी फलबाट बनेको प्रिन्सेस वाईन बजारमा आउँदै

  • न्युजडेस्क
  • प्रकाशित मिति: भदौ 12, 2077

इटहरी/  माउण्ट एभरेष्ट वाइनरीको उत्पादन ‘प्रिन्सेस’वाइन बजारमा आउने भएको छ। धनकुटाको किबी फलबाट उत्पादन भएको वाईन लकडाउनकै बीच बजारमा लाने तयारी गरेको हो।

पूर्वी पहाडी जिल्लामा उत्पादन भएको किबी फलसँगै अन्य फलफूलबाट उत्पादन गरेको प्रिन्सेस वाइनको बजारीकरणको तयारी गरेको भन्दै कम्पनीका प्रवन्ध निर्देशक बिष्णु बास्तोलाले केहि दिनमै नेपालको प्रमुख सहरहरुसँगै नेपाली बजारमा वाइन पुर्‍याउन लागिएको बताउनुभयो।

उत्पादनको काम सबै सकिएको र बजारमा लैजान मात्र बाँकी रहेको भन्दै बास्तोलाले लकडाउनको कारण आँफुहरुले उत्पादन गरेको वाईन बजारमा लान नसकेको र अव केहि दिनमै वाईन बजारमा लान्छौ। नेपाली युवा युवतीलाई लक्षित गरि उत्पादन गरेको वाईन अन्य वाईन भन्दा फरक रहेको कम्पनीले बताएको छ।

किबी र धनकुटामै उत्पादन भएको फलफूलबाट बनाइएको अर्गानिक प्रिन्सेस वाईनको पूर्वी नेपालसँगै पोखरा र काठमाडौं बाहिर सुदूर तथा मध्यपश्चिमाञ्चल क्षेत्रसम्म बजारीकरण तीब्र बनाईने कम्पनीले जनाएको छ। नेपालको प्रमुख सहरहरुमा व्यापार केन्द्रित गर्दै जापान सम्म लाने तयारीमा रहेको बास्तोलाको भनाई छ।

धनकुटाको राजारानीमा माउण्ट एभरेष्ट वाइनरी उद्योग स्थापना भएसँगै स्थानीय कृषक लाभान्वित भएका छन। रातो र सेतो वाईन बजारमा लैजाने तयारी भएको कम्पनीका अध्यक्ष हरेराम साहले बताउनुभयो। साहले आँफुहरुले उत्पादन गरेको वाईन नेपाली युवा यूवतीले मात्र नभई विदेशीले पनि मन पराउने दावी गर्नुभयो।

पहाडी क्षेत्रमा उत्पादित सबै आर्गनिक फलफूललाई पहिलो प्राथमिकता दिएर उत्पादन गरेको वाईनको बजारमा लाने अन्तिम तयारी भएको कम्पनीले जनाएको छ। लकडाउनको कारण उत्पादन भएको वाईन बजार सम्म पुर्‍याउन केहि ढिला भएको भन्दै तत्काल बजार लाने तयारी गरेको हो।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2020 - Purbikhabar.com All rights reserved