सुनसरी/ सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा बिहिबार(आज) थप एकजना कोरोना संक्रमितको ज्यान गएको छ। सिराहा नगरपालिका २ का ५५ बर्षीय पुरुषको साँझ ६ः४५ बजे मृत्यु भएको हो।

भदौ ६ गते प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना भएका उनलाई ७ गते कोरोना पोजेटिभ देखिएको र कोभिड अस्पतालमा भर्ना गरेर उपचार गरिरहेकोमा उपचारको क्रममा साँझ ६ः४५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रबत्ता डा.निदेश सापकोटाले जानकारी दिनुभयो। मृतकमा उच्च रक्तचाप र पहिले क्षयरोग लागेर निको भएको थियो ।

मृतकको शव व्यवस्थापनका लागि प्रक्रिया शुरु गरिएको प्रवक्ता डा.सापकोटाले बताउनुभयो। यि ५५ बर्षीय पुरुषसँगै धरानमा कोरोना भाईसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १३ पुगेको छ।