काठमाण्डौ/ AP1 टेलिभिजनबाट प्रसारण भईरहेको नेपाल आइडल बिहिबारको संस्करणपछि फाइनल चरणमा प्रवेश गरेको छ। भोटिङका आधारमा चितवनका केबिन ग्लान तामाङ्ग अन्तिम चारबाट बाहिरिएपछि फाइनलको लागि किरण भुजेल, सज्जा चौलागाईँ र प्रविण वेडवाल छानिएका हुन्।

नेपाल आइडलमा सशक्त प्रस्तुती दिई उत्कृष्ट ३(फाइनल) मा आएका किरण भुजेल अती नै संघर्षको घेराबाट आएका प्रतिष्पर्धी हुन्। महोत्तरी जिल्लाको बर्दिबास अन्तरगत पर्ने गडन्त गाउँमा सामान्य परिवारमा जन्मेका किरण बाल्यकालबाटै संगितमा रुचि राख्ने र गाउँथे। स्कुल र गाउँमा मात्र होइन बर्दिबास भरी नै उनको चर्चा हुन्थ्यो। सानो उमेरबाट नै स्कुलका शिक्षक, साथीभाई अनि आफन्तजनले पनि राम्रो गाउँछस गायक बन्नुपर्छ भनेको आज पनि किरण सम्झन्छन्।

२०६५ सालमा एस.एल.सि. सकेर गायक बन्ने सपना बोके ३ हजार रुपैँया बोकेर काठमाडौ छिरेका किरण भुजेल संगित बिषय पढ्न ललितकला क्याम्पस भर्ना भई बाँकी समय शास्त्रीय संगीतका गुरु शिवराज पौडेलको सामिप्यमा बसेर शास्त्रीय संगीत सिक्न शुरु गरेका थिए। बिद्यार्थी जीवनमा एक सामान्य परिवारको युवालाई अभाव र आफ्नो सपनाको सार्थकताको बीचमा उभिँदा कति सम्म संघर्ष र त्याग गर्नुपर्छ भन्ने ज्ञान किरणमा राम्रै छ।

संगीतको आकाशमा आफुलाई चम्किलो ताराको रुपमा स्थापित गर्न संगीत सिक्ने क्रममा दिनानुदिन गाडी भाडा तिर्ने पैसा समेत गोजीमा नहुँदा काठमाडौको गल्लिगल्लि खाजा समेत नखाई हिँडेको आज पनि किरणको स्मृतीमा ताजै छ। आफु संगीतमा अब्बल हुन थालेपछी काठमाण्डौको अभाव बिधार्थी जीवन झेल्न प्राइभेट स्कुलमा संगीत बिषय पढाउन थालेको र साँझ होटलरुमा गीत गाउने गरेको सम्झन्छन किरण।

किरणले आफ्नै संगीत, स्वरमा थुप्रै गीतहरु सार्वजनिक गरे तर त्यसले किरणलाई सांगितिक चिनारी त खासै दिएन। आफुलाई प्रमाणित गर्न संगितकारकोमा धाए, खोजी प्रतिभाको नामक टिभी शो, नेपाल आइडलको पहिलो सिजनमा प्रतिष्पर्धा ,भारतीय गायन प्रतियोगिताको सारेगमपा नामक शो मा नेपालबाट छनौट भएर भारत सम्म गए तर उनी कतै सफल हुन सकेनन्। एकपटक उनले संगीत छाडेर पैसा कमाउन बिदेश पलायनको योजना बनाइसकेका किरण त्यसबेला सँगैका साथी गायक तथा सङ्गीतकार प्रेम घिमिरे र दिनेश न्यौपानेले उसलाई बिदेश जान रोकेका थिए।

उनको यसअघिको प्रस्तुती सुन साईली बोलको गीत उसलाई प्रवासमा रहेका लाखौँ नेपाली माझ आफ्नै पीडा जस्तो लागेर उनले गाएको र त्यसबेला आफु भावविभोर भएको किरणको भनाई छ। उत्कृष्ट ७ बाट कम भोट प्राप्त हुँदा यही सिजनमा एकपटक आउट भईसकेका किरण पुनः वाइल कार्ड इन्ट्रिमार्फत कार्यक्रममा प्रवेश गरेका थिए। अहिले उनै किरणले उत्कृष्ट ४हुँदै उत्कृष्ट ३ मा प्रवेश गर्दा सर्वाधिक भोट ल्याएका छन्।

अभाव, संघर्ष र दृढ संकल्पसहितको सपनाको बीचबाट आफुलाई सम्हाल्दै, अथक मेहेनत र प्रयासपछि आज किरण नेपाल आइडल सिजन ३ को फाइनल चरणमा छन। उनको प्रस्तुतीहरु दर्शकमाझ लोकप्रिय बनेका छन। नेपाल आइडल सिजन ३ ले आफ्नो सांगीतिक यात्रामा सुनौलो प्लेटफर्म दिएको उनी ठान्छन ।

फाइनलको लागि शुक्रबार साँझ ५ बजेदेखि भोटिङ खुलिसकेकोले आफुलाई मन पराएर भोट गर्नेहरुप्रति धन्यबाद तथा आभारी हुँदै पुनः अघिल्लो चरणमा जस्तै अत्याधिक भोट गरि बिजेता बनाउन अनुरोध गर्दै किरण आँफुलाई भोट गर्न NI03 टाइप गरेर 37000 मा एसएमएस वा 16667703 डायल गर्न सकिने अथवा इ-सेवा र रेस्पेक्ट एपबाट पनि भोटिङ्ग गर्न सकिने बताउँछन्।

हेनुहोस किरणको प्रस्तुती :