सुनसरी/ प्रहरी चौकी तरहराका प्रमुख प्रहरी नायव निरिक्षक प्रभु खड्कालाई स्वागत गरिएको छ। जनता समाजवादी पार्टीका सुनसरी जिल्ला नेता अनुप सुब्बालगायतले खड्कालाई स्वागत गरेका हुन।

जसपाका कार्यकर्तासहितले प्रनानी खड्कालाई स्वागत गरेपछि खड्काले कोरोना भाईरसको माहामारीको समयमा सरकारले लागु गरेको लकडाउन पालना गरेर आफु आँफैमा सुरक्षित हुन सबैलाई अनुरोध गर्नुभयो।

प्रनानी खड्काले सामाजिक काममा स्थानीय र प्रहरीबीच समन्वय हुन आवश्यक रहेको र जायज कामका लागि कहिले पनि पछि नहट्ने उद्घोष गर्नुभयो।

स्वागत कार्यक्रममा जसपाका जिल्ला नेता सुब्बाले आजीवन निमुखा, गरिब, उत्पीडित जनताका अधिकारका लागि सदैव तत्पर रहने बताउनुभयो।

स्वागत कार्यक्रममा स्थानीय यूवा राजिव गुरुङ, गंगा श्रेष्ठ, सञ्जीव श्रेष्ठ, रबि राईलगायतले आगामी दिनमा प्रशासनिक काममा हातेमालो गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन्।