कोभिड- १९ [अपडेट]

रिलायबल चक्र बदाम ड्रिङ्कसको बढ्दो लोकप्रियता

  • न्युजडेस्क
  • प्रकाशित मिति: श्रावण 21, 2077

सुनसरी/ रिलायबल फुड एन्ड बेभरेजले नेपाली किसानले उत्पादन गरेको गाईको दूध प्रयोग गरेर गुणस्तरीय स्वदेशी उत्पादन रिलायबल चक्र र किमु ब्रान्डको नाममा बदाम ड्रिङकस् उत्पादन गरिरहेको छ।

नेपालमा एनर्जी ड्रिङ्कसको मागलाई पूर्ति गर्ने उद्देश्यका साथ स्वदेशमा उत्पादित गाईको दूधलाई प्रयोगमा ल्याएर किसानलाई उत्पादनसँग जोड्दै स्वदेशी लगानीमा नेपालमै पहिलो पटक रिलायबल फुड एन्ड बेभरेजले बदाम ड्रिङ्क उत्पादन शुरु गरेको हो।

कम्पनीले “स्वदेशी उत्पादन, किसानको सान, शुद्ध गाईको दूध, गुणस्तरीय बदाम” लाई मुख्य स्लोगन बनाएर नेपालभरी आफ्नो उत्पादन बिक्री वितरण गरिरहेको छ।

रिलायबल फुड एन्ड बेभरेजका अध्यक्ष अशोक साहले दूध र बदामको समिश्रणबाट तयार हुने रिलायबल चक्र बदाम ड्रिङ्क सेवन गर्नाले रोग प्रतिरोधात्मक क्षमताको बिकास हुने भएकाले यसको सेवन सबै वर्गका मानिसले गर्दा हुने बताउनुभयो।

कोरोना महामारीको बेला धेरै मानिसहरु कोभिड १९ सँग जुध्नु परेको बेला अझ रोग प्रतिरोधात्मक क्षमता अधिकतम आवश्यक हुने यस्तो अवस्थामा बदाम ड्रिङ्क सेवन गर्नाले रोक प्रतिरोधात्मक क्षमताको बृद्धि हुने भएकाले यसको सेवन गर्नु फाइदाजनक रहेको साहको भनाई छ।

यो कोरोनाको औषधि नै नभएको तर रोग सँग लड्ने क्षमताको बिकास गर्ने भएकाले यसको सेवनले स्वास्थ्य लाभ लिन सक्ने बिज्ञहरुले बताएको साहको भनाइ छ। छोटो समयमा बेग्लै पहिचान बनाउन सफल रिलायबल चक्र बदाम ड्रिङ्कको दैनिक उपभोक्ताहरु बढ्दो क्रममा रहेको कम्पनीको दाबी छ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2020 - Purbikhabar.com All rights reserved