पथरीशनिश्चरे/ पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष डम्बर बहादुर चेम्जोङले आँफुमाथी लगाइएको आरोप निराधार भएको बताउनुभएको छ। पूर्वी खबरसँगको बिशेष कुराकानीमा चेम्जोङले यस्तो भन्नुभएको हो।

वडाध्यक्ष चेम्जोङले आँफुमाथी लगाएको आरोपको खण्डन गर्दै आफ्नो श्रीमतीको नाममा रहेको घडेरीमा सुपाडी, आँप, कागतिलगायतका रोपिएको भन्दै ति बिरुवाहरु आँफुले किनेर ल्याएको बताउनुभयो।

वडाध्यक्ष चेम्जोङले बिरुवा किनेर ल्याएको भन्दै तीनपटक बिरुवा ल्याएको बताउनुभयो। बिरुवाहरु किनेको बिल आँफुसँग सुरक्षित रहेको बताउनुभयो। उहाँले एक गैरसरकारी सँस्था (युनएनएचसिआर) बाट अनुदानमा आएका बिरुवा समानुपातिक रुपमा बितरण गरिएको बताउनुभयो।

bill
वडाध्यक्ष चेम्जोङले बिरुवा खरिद गरेको बिभिन्न मितिका बिल

उहाँले आँफुले निजी स्वार्थ भन्दा माथी उठेर सामुदायीक हितमा लागेको भन्दै आँफुलाई कुनै स्वार्थ नरहेको बताउनुभयो। १५०बिरुवा मध्ये १०वटा बिरुवा काम नलाग्ने भएको र बाँकी समानुपातिक रुपमा बितरण गरिएको बताउनुभयो।

यस्तै वडासदस्यहरु देवी प्रसाद घिमिरे र गिरीराज पोख्रेलले पनि बिरुवा समानुपातिक रुपमा वितरण गरिएको र विरुवा लानेहरुको नाम नै लेखेरै वितरण गरिएको अनि वडाध्यक्षले बिरुवा लगेर रोपेको भन्ने आरोप निराधार भएको बताउनुभयो।

हेर्नुहोस भिडियो :