इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीले ठगि मुद्दामा यम बहादुर राईलाई पक्राउ गरेको छ। प्रहरीले शनिबार ति ब्यक्तिलाई पक्राउ गरेको हो।

इटहरीकै एकजना महिलाले दिएको उजुरीको आधारमा इटहरी १ का ५३ बर्षीय राईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेका ब्यक्तिले ति महिलालाई बैँकमा रकम नभएको ४ लाख ५० हजारको चेक दिएर ठगि गरेको खुल्न आएको छ।

पक्राउ परेका राईले जग्गाको किनबेच गर्ने भन्दै बिभिन्न ब्यक्तिहरुसँग त्यसरी नै चेक दिने गरेको खुलेको प्रहरीले जनाएको छ।