केराबारी/ मोरङ्गको केराबारी गाउँपालिका ५का ६३ बर्षीय बृद्द बलात्कार आरोपमा पक्राउ परेका छन्। प्रहरीले केराबारी ५का रामकुमार लिम्बुलाई पक्राउ गरेको हो।

६३ बर्षीय लिम्बुले एक बालिकालाई स्थानीय एकजना महिलाको मकैबारीमा बलात्कार गरेको प्रहरीले जनाएको छ। केराबारी प्रहरीले बिहिबार पक्राउ गरेका लिम्बुलाई बिहिबार नै बेलबारी पठाएको छ।

पक्राउ परेका लिम्बुको बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।