कोभिड- १९ [अपडेट]

प्रदेश १ मा लोकप्रिय बन्दै बन्धन सिमेन्ट बन्धन सिमेन्टले जित्यो सर्वसाधारणको बिश्वास

  • न्युजडेस्क
  • प्रकाशित मिति: श्रावण 6, 2077

बिराटनगर/ नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले उत्पादन गर्ने बन्धन सिमेन्ट लोकप्रिय बन्दै गएको छ। बन्धनको ओपिसि र पिएससि सिमेन्टमा सर्वसाधारणको बिश्वास देखिएको हो।

उत्पादनको शुरुवातदेखि नै आक्रामक बजार बिस्तार गरिरहेको कम्पनिको सिमेन्ट समेत गुणस्तरीय भएकोले लोकप्रिय भईरहेको छ। हालै लकडाउनको अवधिमा समेत उत्पादन र बजार बिस्तार निरन्तर गरिरहेको कम्पनिले चाँडै पिपिसी सिमेन्ट उत्पादन थाल्ने जनाएको छ।

बन्धन सिमेन्ट प्रदेश १ मा सबैभन्दा राम्रो बजार बिस्तार भएको र गुणस्तरीय सिमेन्टका रुपमा रहेको कम्पनिका अध्यक्ष मनिषकुमार मारुले जानकारी दिनुभयो। सिमेन्टको उत्पादनमा आफूहरुले गुणस्तर मेन्टेन गरेकोले ग्राहकहरुको बिश्वास जितेको अध्यक्ष मारुले बताउनुभयो।

बढ्दो सिमेन्टको मागलाई मध्यनजर गर्दै गुणस्तरीय सिमेन्ट उत्पादन गरी मागको पूर्ति गर्ने उद्देश्यले उत्पादनमा जोड दिएको मारुले जानकारी दिनुभएको छ। अध्यक्ष मारुले ग्राहकहरुको भावनालाई मध्यनजर गर्दै स्तरीय र वातावरणमैत्री सिमेन्ट उत्पादन गरेको जानकारी दिनुभयो।

अत्याधुनिक जर्मन टेक्नोलोजिबाट उच्च स्तरीय ओपिसी र पिएससी गरी दुई किसिमकोे सिमेन्ट उत्पादन हुँदै आएको छ। कम्पनिले पिपिसी सिमेन्ट पनि उत्पादन गर्ने तयारी रहेको बताइएको छ। यो सिमेन्ट सर्वाधिक मजबुत रहेको र वातावरण मैत्री रहेको कम्पनिको दावी छ।

बजारमा पाइने अन्य सिमेन्टको तुलनामा बन्धन सिमेन्टले मजबुतीका साथै सुलभताका कारण पनि ग्राहकहरुको मन जित्न सफल छ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

फोन नम्बर: ०२५-५८९३५१, ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

प्रेस काउन्सिल दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2020 - Purbikhabar.com All rights reserved