बेलबारी/ प्रहरीले मोरङ्गको बेलबारी ६ स्थित शुसान्त मेडिकल हलबाट भारी परिमाणको प्रतिबन्धित औषधी बरामद गरेको छ। प्रदेश नम्बर एकको क्षेत्रीय अनुसन्धान समुह(रिट)को टोलीले मेडिकलबाट प्रतिबन्धित औषधी नियन्त्रणमा लिएको हो

क्षेत्रीय अनुसन्धान समुह(रिट)को टोलीले बेलबारी ६बाहुनी स्थित सोमबारेमा बिरेन्द्र कुमार चौधरीले सञ्चालन गरेको सुशान्त मेडिकल हलबाट भारी परिमाणको प्रतिबन्धित औषधी बरामद गरेको हो। टोलीले मेडिकलबाट ट्रामाडोल ५० एमजिको ७ हजार ९सय ८० पिस, डिकोलिक २० एमजिको १हजार पिस, स्पास्मो ३० एमजिको २८०पिस, स्पासपेन २० एमजिको ४ हजार पिस, एम्टिकाप ४५ एमजिको ७५० पिस, कफ्ट्याप २२ एमजिको २३८ पिस, प्रिगासप्ट ७५ एमजिको ९४७ पिस र प्रिगामेन्ट ७५ एमजिको १९८ पिस बरामद गरेको प्रहरी श्रोतले जनाएको छ।

लामो समयदेखि सो मेडिकलमा प्रतिबन्धित औषधीको कारोबार हुने गरेको जानकारी पाएको प्रहरी पटक पटकको प्रयास पछि मंगलबार सफलता हासिल गरेको हो। मेडिकलबाट भारी परिमाणको प्रतिबन्धित औषधी नियन्त्रणमा लिएपछि पूर्वोत्तर मोरङको लागुऔषध कारोबारको अड्डा फेला पारेको प्रहरीको दावी छ।

प्रतिबन्धित औषधीसहित दुईजना पक्राउ

क्षेत्रीय अनुसन्धान समुह(रिट)को टोलीले बेलबारी ६बाहुनीबाट मंगलबार नै दुईजनालाई पक्राउ गरेको छ। प्रतिबन्धित औषधीसहित टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको छ। lagu 2

प्रहरीले मोरङ्गको बेलबारी ५ मटियारीका २३ बर्षीय शिबजी चौधरी र सुनसरीको धरान १७ स्थित फोक्लान टापुका २१ बर्षीय किसनलाल थारुलाई दिउसो साढे ११ बजे नियन्त्रणमा लिएको हो।

यसरी सफल भयो प्रहरी अप्रेसन
प्रहरीलाई लामो समयदेखि शुसान्त मेडिकलबाट प्रतिबन्धित औषधीको काोबार हुने गरेको सुचना थियो। यहि आधारमा सादा पोशाकको प्रहरीले निगरानी ‘रेक्की’ गरिरहेको थियो। lagu 4

प्रहरीको ‘रेक्की’ का क्रममा मंगलबार बेलबारी ५ मटियारीका २३ बर्षीय चौधरी र धरान १७का थारुलाई पक्राउ ग¥यो। दिउसो साढे ११ बजे नियन्त्रणमा लिइएका चौधरी र थारुलाई सोधखोज गर्ने क्रममा सो मेडिकलबाट प्रतिबन्धित औषधी खरिद गरेको सुचना पाएपछि रिटको टोलीले छापा मार्दा भारी परिमाणको प्रतिबन्धित औषधी बरामद भएको क्षेत्रीय अनुसन्धान टोलीले जिम्मेवार ब्यक्तिले बताउनुभयो।
र यो पनि : बेलबारी ६ सोमबारेको सुशान्त मेडिकल हलबाट भारी परिमाणको लागुऔषध बरामद