केराबारी/ मोरङका तीनवटा सामुदायीक बनहरु पुरस्कृत भएका छन्। प्रदेश नम्बर १ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सञ्जिव कुमार राईले पुरस्कार बितरण गर्नुभएको हो।

उत्कृष्ट सामुदायिक वनका रुपमा मोरङ्ग जिल्लाको बेलबारी नगरपालिकास्थित रमिते सामुदायीक वन प्रथम र केराबारी गाउँपालिकास्थित हिमचुली सामुदायीक वन द्वितीय र सुन्दरहरैचा नगरपालिकास्थित जनजागरण सामुदायीक वन तृतीय भएका हुन्।

आर्थिक बर्ष २०७६/ ७७ मा जिल्लाभरिमा सामुदायिक वनको ब्यवस्थापन, नयाँ बिरुवाको पुनर्उत्पादन र बृद्दिको ब्यवस्था, वन पैदावारको उपयोग र वितरण, कोषको सदुपयोग, निर्णय प्रकृयामा पारदर्शिता र समुहको सुशासनको मापनको आधारमा उत्कृष्ट बनेका बनहरुलाई पुरस्कृत गरिएको हो।

उत्कृष्ट भएका सामुदायीक बनहरुलाई श्रावण ४ गते आईतबार (हिजो) डिभिजन वन कार्यालय मोरङ्गमा आयोजित एक कार्यक्रमकाबीच प्रदेश नम्बर १ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सञ्जिव कुमार राईको प्रमुख आतिथ्यता, मन्त्रालयका योजना महाशाखा प्रमुख अनिरुद्र कुमार साहसहित कर्मचारीहरु र डिभिजन बन कार्यालय मोरङ्गका कर्मचारीहरुको उपस्थितीमा पुरस्कृत गरिएको हो।

प्रथम बनेको रमिते सामुदायीक बनलाई नगद १० हजार खादा र प्रमाण पत्र, द्वितीय बनेको हिमचुली सामुदायीक वनलाई नगद ८ हजार खादा र प्रमाण पत्र र तृतीय बनेको जनजारण सामुदायिक बनलाई नगद ६ हजार खादा र प्रमाण पत्र सहित पुरस्कृत गरिएको सव ठिभिजन बन कार्यालय कोबाीका प्रमुख बिक्रम अमात्यले पूर्वी खबरलाई जानकारी दिनुभयो। पुरस्कार ग्रहण गर्न बिजयी बनेका सामुदायीक बनका अध्यक्ष एवम प्रतिनिधिहरुको उपस्थिती थियो।

डिभिजन वन कार्यालय मोरगमा दर्ता भएका १३४सामुदायीक वनहरुमध्ये निर्धारित मापदण्डहरुका आधारमा वन समुहहरुबाट उत्कृष्ट तीनको छनौट गरिएको अमात्यले बताउनुभयो।

यी लगायत अन्य सबै समुहहरुले वन ऐन नियम र कार्ययोजना बमोजिम नै वन ब्यवस्थापन गरिरहेको र यस पुरस्कार र सम्मानले अन्य समुहहरुलाई पनि अब्बल रुपमा कार्य गर्न हौसला प्राप्त होस भन्ने कार्यालयको धारणा रहेको डिभिजन वन कार्यालय, मोरङका सुचना अधिकारी रामलखन ठाकुरले बताउनुभयो।

गत वर्ष मोरङको पथरी शनिश्चरेको हरियाली सामुदायीक वन उपभोक्ता समूहले राष्ट्रिय स्तरको गणेशमान सिंह सामुदायीक वनको प्रथम पुरस्कार र लेटाङ्ग नगपालिकाको जनसेवा सामुदायीक वनले प्रदेश नम्बर १ स्तरको प्रथम पुरस्कार प्राप्त गरेको डिभिजन वन कार्यालय मोरङका प्रमुख बिशाल घिमिरेले बताउनुभयो। उहाँले सामुदायीक बनहरुले स्वीकृत विधान र कार्ययोजनाअनुरुप प्रचलित कानुन बमोजिम वन व्यवस्थापनको कार्य अघि बढाउनसमेत आग्रह गर्नुभयो।