केराबारी/ मोरङको केराबारी ६ स्थित डाले खोलाले बगाएर स्थानीय एक ब्यक्तिको ज्यान गएको छ। स्थानीय जित बहादुर मगरको सोमबार बिहान ज्यान गएको हो।

सोमबार बिहान केराबारी ६ स्थित डाले खोला तर्ने क्रममा केराबारी ६ डालेका ५५ बर्षीय जित बहादुर मगरलाई खोलाले बगाएको केराबारी ६का वडाध्यक्ष उपेन्द्र लुंगेली मगरले बताउनुभयो।

पानबारी डाले रोडको डाले खण्डबाट खोलाले बगाएका मगरको शव बगाएको ठाउँभन्दा केहि दक्षिण फेला परेको वडाध्यक्ष मगरले बताउनुभयो। death dale 

तस्विर सौजन्य : बिष्णु बम्जन/ उपेन्द्र लुंगेली मगर