सुनसरी/ नेपालमा सोमबार थप १४४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ।

नेपालमा थप १४४ जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो। डाक्टर गौतमले अहिले देशभरका आइसोलेसनमा ६ हजार ६ सय १३ जना संक्रमित रहेको, पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना डिस्चार्ज भएको बताउनुभयो।

प्रबक्ता गौतमले आज १७सय ५जना डिस्चार्ज भएसँगै सोमबार सम्ममा १० हजार २ सय ९४ जना संक्रमित निको भएर घर फर्किएका र कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ३८जना रहेको बताउनुभयो।

उहाँले पीसीआर बिधिबाट सोमबार ५ हजार ८ सय ५६जनाको कोरोना परीक्षण भएको र अहिले देशभरीका बिभिन्न क्वारेन्टाइनमा २३ हजार ४ सय ७० जना रहेको बताउनुभयो।