इटहरी/ सुनसरीको इटहरी उपमहानगरका नगरसभा सदस्यहरुले इटहरी उपमहानगरको आगामी आर्थिक बर्षको बजेट नीति तथा कार्यक्रम अहिले सम्मकै उत्कृष्ठ रहेको बताएका छन्। नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भएको सातौं नगरसभाको दोश्रो बैठकमा बोल्दै उनिहरुले यस्तो भनेका हुन्।

meyar
बैठकको अध्यक्षको भूमिकामा मेयर चौधरी

बैठकमा नगरसभा सदस्य गणेश खत्रीले आर्थिक बर्ष २०७७/७८ को बजेट नीति तथा कार्यक्रम तीन बर्षकै उत्कृष्ठ र ब्यवस्थित रहेको बताउनुभयो। उहाँले कार्यावन्यनमा सबै जुट्नुपर्ने बताउनुभयो।

ganesh dai
नगरसभा सदस्य गणेश खत्री

नगरसभा सदस्य डिकबहादुर राईले बजेट ब्यवहारीक र उत्कृष्ठ रहेको बताउनुभयो। उहाँले बजेटले सबैक्षेत्रलाई सम्बोधन गरेको बताउनुभयो। इटहरी चौकमा नेपालको नक्सा सहितको पृथ्वीको स्मारक राख्न लागिएकोमा खुशी प्रकट गर्दै नाम भने इटहरी चौक नै हुँदा राम्रो हुने जनताले माग गरेको बताउनुभयो।

db ra
नगरसभा सदस्य डिकबहादुर राई

अर्का सदस्य कर्णबहादुर पौडेलले इटहरीमा प्रमुख प्रशाशकीय अघिकृत चाँडै परिवर्तन हुँदा समस्या हुने गरेको बताउनुभयो। उहाँले भन्नुभयो “प्रमुख प्रशासकीय अघिकृत बस्ने भवन नै पोखरीमाथि छ नागको तापले पो हो कि किन हो हाकिम चाँडै जान्छन।”

poudel ba
नगरसभा सदस्य कर्णबहादुर पौडेल

नगरसभा सदस्य तेजनारायण चौधरीले पनि इटहरी उपमहानगरले चालुआर्थिक वर्षमा ११ वटा र आगामी वर्ष थप गरि बहुवर्षे योजना सञ्चालन गर्न लागेकोमा खुशी प्रकट गर्नुभयो।

14 ri
नगरसभा सदस्य तेजनारायण चौधरी

बहुबर्षे सडक योजनाका कारण गाँउ गाँउका जनताले उपमहानगरबासीको अनुभूति गर्न पाएको उहाँको भनाई छ।

upameyar
उपमेयर लक्ष्मी गौतम

बैठकमा उपप्रमुख लक्ष्मी गौतमले अर्थ बिधेयक २०७७ र विनियोजन विधेयक २०७७ पेश गर्नुभयो। अर्को बैठक असार २२ गते बस्नेछ।

budjet 2
नगर सभामा वडाध्यक्ष एवं अन्य सहभागी