बिराटनगर/ सिमा प्रहरी चौकी पोखरीया मोरङले अवैध रुपमा भारत लाँदै गरेको रक्सी नियन्त्रणमा लिएको छ। प्रहरीले शनिबार राति साढे आठबजे तिर रक्सि नियन्त्रणमा लिएको हो।

प्रहरीले मोरङको जहदा गाउँपालिका ६मा भारततर्फ अबैध रुपमा चोरी निकासी गरेर लाँदै गरेको ४५लिटर घरेलु मदिरा र १२ बोतल उमंग नामको चलानी रक्सि सिमा प्रहरी चौकी पोखरीयाबाट गस्तीमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको मोरङ प्रहरीलाई उद्यृत गर्दै एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।

प्रहरी नायव निरिक्षक नेतृत्वको टोलीलाई देख्नासाथ सो रक्सी सोही ठाउमा छाडी रक्सी ल्याउने मानिस भने फरार रहेको र सो घरेलु मदिरा र उमंग नामको रक्सी सिमा प्रहरी चौकी पोखरीयामा ल्याई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय बिराटनगरमा बुझाइने मोरङ प्रहरीले जनाएको छ।

त्यस्तै शनिबार राती सवा आठ बजे इलाका प्रहरी कार्यालय नेमुवाबाट प्रहरी नायव निरिक्षकको नेतृत्वमा खटिएको गस्ति टोलीले मोरङको बुढिगंगा गाउँपालिका २ र ३ का ४ वटा मदिरा पसलमा चेकजाँच गर्दा अन्दाजी ३० लिटर घरेलु मदिरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय बिराटनगरमा बुझाउने तयारी भईरहेको प्रहरीले जनाएको छ।

तस्विर : गुगल सर्च