मोरङ/ प्रहरी चौकी मझारे मोरङले शनिबार अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको ३६ बोरा यूरिया मलसहित एकजनालाई पक्राउ गरेको छ। शनिबार साँझ साढे ६ बजेतिर जहदा गाउँपालिका ५ लक्ष्मीनियाबाट सुरेन्द्र कुमार सिंह पक्राउ परेका हुन्।

को २ त ५८७५नम्बरको ट्रयाक्टरमा अबैध रुपमा भारतबाट नेपाल ल्याउदै गरेको ३६ बोरा युरिया मलसहित ट्रयाक्टर चालक धनपालथान गाउँपालिका ३का ३३बर्षीय सिंह ट्रयाक्टरसहित पक्राउ परेका हुन्।

प्रहरी चौकी मझारेबाट खटिएको प्रहरी सहायक निरिक्षक सहितको टोलीले नियन्त्रणमा लिएको ट्याक्टर मल र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङमा लगि आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी बिराटनगरमा बुझाउने पहल भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।