सुनसरी/ प्रहरीले सुनसरीबाट दुईजना र झापाबाट तीनजनालाई पक्राउ गरेको छ। प्रहरीले सुनसरीको देवानगञ्जबाट एकजना, धरानबाट एकजना र झापाको दमकबाट दुईजना महिला र एकजना पुरुषलाई पक्राउ गरेको हो।

प्रहरीले सुनसरीको देवानगञ्ज ३ पाचौ सिमरबाट गाँजासहित स्थानीय ४३ बर्षीय चुनिलाल सरदारलाई पक्राउ गरेको हो। प्रहरीले शुक्रबार दिउसो १ बजे को २ ह ६५३७ नम्बरको अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा अटोमा लुकाई राखेको १८केजी गाँजा बरामद गरी चालक सरदार समेतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

111
पक्राउ परेका सरदारलाई सार्वजनिक गर्दै सुनसरी प्रहरी, तस्विर सौजन्य : नेपाल प्रहरी

यस्तै धरान ७मा डेरा गरी बस्दै आएका ४४ बर्षीय किसन श्रेष्ठ लागुऔषधसहित पक्राउ परेका छन। उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले शुक्रबार राती सवा ८बजे पक्राउ गरेको हो।

aaaaa
पक्राउ परेका श्रेष्ठलाई सार्वजनिक गर्दै धरान प्रहरी, तस्विर सौजन्य: नेपाल प्रहरी

बिशेष सुचनाका आधारमा श्रेष्ठको कोठामा खानतलासी गर्ने क्रममा ६ बोतल डाईलेक्स डिसि, ५५२ क्याप्सुल स्पास्मो प्रोक्सिभन, २६० ट्याब्लेट नाईट्राजेपान, एउटा हतियार र नगद १ लाख ९२ हजार रुपैयासमेत फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ।

damkk
पक्राउ परेकाहरुलाई सार्वजनिक गर्दै दमक प्रहरी, तस्विर सौजन्य: नेपाल प्रहरी

यसैगरी झापाको दमक ५मा डेरा गरी बस्दै आएका दमक ९ का ३२ बर्षीय रबिन कुँवर, ईलाम घई भई दमक ५ मा बस्ने १९ बर्षीया मनिसा राई र ताप्लेजुङ घर भई दमक ८ बस्ने २२ बर्षीया सम्झना राई श्रेष्ठ पक्राउ परेका छन्।

बिशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शुक्रबार राती १० बजे उनिहरुलाई १७ग्राम बाउनसुगरसहित पक्राउ गरेको हो। पक्राउ परेका पाचै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको छ ।