इटहरी/ लायन्स क्लव अफ इटहरी क्रियटिभ लेडीले खाद्यान्न बितरण गरेको छ। इटहरी ५ खाद्यगोदाम स्थित भ्वाईस अफ चिल्ड्रेनको कार्यालयमा खाद्यान्न बितरण गरेको हो।

भ्वाईस अफ चिल्ड्रेनको कार्यालयमा २४ जना सडक बालबालिकालाई संरक्षण गरिएको छ। त्यहाँ आश्रीत बालबालिकालाई खाद्यान्न तथा बन्दोबस्तीका सामाग्री बितरण गरेको लायन्स क्लव अफ इटहरी क्रियटिभ लेडीकी अध्यक्ष उर्मिला गौतम(पौडेल)ले जानकारी दिनुभयो। aa food

उहाँले संरक्षीत बालबालिकाका लागि चना, मटर, सुजी, न्युटेला, दाल, चिनी, साबुन, सरफ, तुथपेष्ट, तेल बिस्कुट आदि बितरण गरिएको बताउनुभयो।

सँस्थाकी अध्यक्ष उर्मिला गौतम(पौडेल) को अध्यक्षता भएको कार्यक्रमको सञ्चालन इन्दिरा काफ्लेले गर्नुभएको थियो। कार्यक्रममा लायन्स क्लवका रिजन चियर पर्सन राम बहादुर निरौला प्रमुख अतिथी, यस्तै लायन्स क्लवका जोन चियरपर्सन निरु चौधरी र भ्वाईस अफ चिल्ड्रेनका सँस्थापक अध्यक्ष भरत थापा अतिथी हुनुहुन्थ्यो। foood

कार्यक्रममा रिजन चियर पर्सन निरौला, जोन चियरपर्सन चौधरी, भ्वाईस अफ चिल्ड्रेनका सँस्थापक अध्यक्ष थापा, लायन्स क्लव अफ इटहरी क्रियटिभ लेडीकी सँस्थापक अध्यक्ष गिता अधिकारी (पौडेल)ले बोल्नुभयो।

कार्यक्रममा लायन्स क्लव अफ इटहरी क्रियटिभ लेडीका सदस्यहरु एवं बिभिन्न ब्यक्तित्वहरुको सहभागिता थियो।