धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत मेडिकल अफिसरहरु आन्दोलनमा उत्रिएका छन्। प्रतिष्ठानमा कार्यरत मेडिकल अफिसरहरु आर्थिक बर्ष २०७६/०७७ मा सरकारको बजेट भाषण अनुसार सरकारी स्केलमा तलब पाउनुपर्ने माग गर्दै उपकुलपतिको कार्यालय अगाडी धर्ना बसेका हुन्। doctor

प्रतिष्ठानको ग्यास्ट्रो, कार्डियो, पल्मो, पेडियाट्रीक, डेन्टल र इमेरजेन्सीमा काम गर्ने मेडिकल अफिसरहरू धर्नामा बसेका हुन्। मेडिकल अफिसरहरूको सरकारी तलब स्केल ४५ हजार तोकिएको भएपनि प्रतिष्ठानमा कर कट्टा गरेर २९ हजार ४ सय रुपैँया मात्रै दिइँदै आएकोले सरकारी तलब स्केल अनुसार तलब पाउनुपर्ने उनिहरुको माग छ। aandolan bp

प्रतिष्ठानमा कार्यरत मेडिकल अफिसरहरु आन्दोलित भएर उपकुलपतिको कार्यालय अगाडी धर्नामा बसेपछि अहिले इमरजेन्सी, ग्यास्ट्रो, कार्डियो, पल्मो, पेडियाट्रीक, डेन्टल बिभागमा मेडिकल अफिसरहरु बिहिन भएको छ। एमडी पढ्ने जुनियर रेसिडेन्टहरुले मात्रै सेवा दिइरहेका र उनीहरू पनि १० जना हुनुपर्नेमा २ जनाले मात्रै सेवा दिइरहेका छन्। aandolan 2

नेपाल सरकारले तोकेको अनुसार पाटन, बीर, टिचिङ अस्पताललगायतका स्वास्थ्य संस्थाहरुले तलब दिइरहेको भएपनि प्रतिष्ठानले अहिले सम्म नदिएकोले आफूहरूले आन्दोलन शुरु गरेको आन्दोलनमा सहभागी एक मेडिकल अफिसरले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिएका छन्। उनले माग पुरा नहुञ्जेलसम्म आफूहरू काममा नफर्कने पनि बताएका छन्।