सुनसरी/ जनता समाजबादी पार्टी सुनसरीले सरकारले अघि सारेको नागरिकता बिधेयकको बिरोध गरेको छ। जसपा सुनसरीले मंगलबार प्रदर्शन गरेको हो।

प्रदर्शनपछि जसपा सुनसरीका यूवा नेता अनुप सुब्बाले राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटकपटक गर्दै आएको ऐतिहासिक जनआन्दोलन, त्याग र बलिदानको गौरवपुर्ण इतिहासलाई स्मरण एवं सहिदहरु तथा ज्यानको आहुती दिने तमाम मधेस आन्दोलनका पहिचान सहिदको संघीय प्रणालीमा मधेश प्रती सरकारको हेर्ने नजर परिवर्तन हुनु अपरिहार्य रहेको बताएका छन्।

सुब्बाले लामो फेसबुक स्टाटस लेख्दै बिबिधता बीचको एकता सामाजिक, साँस्कृतिक, ऐक्यबद्दता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रबधन गर्दै, बर्गीय, जातीय, भाषिक, धार्मिक, लैंगिक बिभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समाबेशी हुन जरुरी रहेको उल्लेख गरेका छन्।

सुब्बाले बिशेषत, मधेसी मुलका जनतालाई लक्षित गरि लागु गराउन खोजी नेपाल भारतको रोटिबेटीको सम्बन्ध बिगार्ने जाल बुनेको भन्दै यसप्रकारको सरकारको कामप्र्रती जनता समाजवादी पार्टी घोर भत्सर्ना गर्दछ भनेका छन्।

सुब्बाले नेपाल भारतको रोटिबेटिको सम्बन्ध सिंहदरबार र नरेन्द्र मोदिले नबनाईदिएको भन्दै सिमानामा बसोबास गर्ने नेपाली जनता र भारत बीचको आपसी सम्बन्ध रहेको र यसरी नै भाँजो हाल्ने काम गरे आम जनता सडकमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।

हेर्नुहोस सुब्बाको स्टाटस : anup vai