झापा/ झापाको गौरादह ४ डोरामारीका ३४ बर्षीय सुमन भण्डारी ब्राउनसुगरसहित पक्राउ परेका छन्। आईतबार साँझ भण्डारी पक्राउ परेका हुन्।

आईतबार साँझ साढे ६ बजे कमल गाउँपालिका ५ लवडाँडास्थित राजमार्गमा मे ५ प ७५९८ नम्बरको मोटरसाईकलमा आएका भण्डारीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट २ ग्राम ९५ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो। भण्डारीको साथबाट ब्राउन सुगर बरामद भएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बिशेष सुराकका आधारमा लागुऔषध ब्युरो काकँडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई पक्राउ गरेको हो। पक्राउ परेका भण्डारीलाई इलाका प्रहरी कार्यालय दमकमा राखी कानुनी कारबाही अगाडी बढाईएको छ।