इटहरी/ नेत्र बिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मोरङ–धनकुटा बिशेष जिल्ला सेक्रेटरी गोपाल बस्नेतले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। बस्नेतले शुक्रबार बिज्ञप्ती जारी गर्दै यस्तो घोषणा गरेका हुन्।

बस्नेतले शुक्रबार जारी गरेको बिज्ञप्तीमा हाल नेपाल को परिप्रेक्ष्यमा त्यति सान्दर्भिक र बिश्वसनीय नभएको एवं पार्टी भित्र अवसरवादी चरित्र हावी भएको र तिनिहरुको ब्यवहार अराजक भएको भन्दै यस्ता गतिविधीबाट असन्तुष्ट भई अवका दिनमा सो पार्टीमा कुनै सम्बन्ध नरहने गरि मिति २०७७ असार १२ गतेदेखि नेत्र बिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्या गरेको घोषणा गरेका छन्।

बस्नेतले बिप्लव समुह परित्याग गरि नेपालको सम्बिधान र प्रचालित नियम कानुनलाई आत्मसात गरी मुल प्रवाहको राजनीतिमा समाहित हुने गरि नेपाल कम्युनिट पार्टी (नेकपा) प्रवेश गरेको घोषणा पनि गरेका छन्।

शुक्रबार चार महिना लामो प्रहरी हिरासत बसाई पछि सुनसरी जिल्ला अदालतको आदेशमा रिहा भएर बस्नेतले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। बस्नेत गत फागुन ७ गते धरान १५ बाट पक्राउ परेका र इप्रका धरान अनि बिभिन्न प्रहरी कार्यालय हुँदै पछिल्लो समय बस्नेत इप्रका इटहरीको नियन्त्रणमा थिए।

हेनुहोस बिज्ञप्ती :

gyapti 

र यो पनि : ‘बिप्लव’ नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी गोपाल बस्नेत पक्राउ