बिराटनगर/ सुनसरीको इटहरी उपमहानगरपालिका–४ की २१ बर्षीया युवती बिरामी बहिनीको रेखदेखका लागि बिराटनगरको कोसी अस्पतालमा बसेकी थिइन्। महिला वार्डको बेडमा उपचाररत बिरामीको कुरुवा बसेकी उनी पनि खाली रहेको अर्को बेडमा सुतेकी थिइन्। बेडमा निधाएकी उनको ओठमा बुधबार बिहान ३ बजेतिर कसैले एक्कासि चुम्बन गर्छ। ब्यूँझिएर हेर्दा अगाडि एक अपरिचित युवा हुन्छन्।

उनले प्रतिकार गर्दै होहल्ला गर्न थालेपछि भर्‍याङबाट हामफालेर भागेका युवालाई पहिचान गर्दै प्रहरीले बुधबार साँझ पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका–४ नयाँबजारका २२बर्षीय सुरज मण्डल छन्।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बिरामी कुरुवा बसेकी युवतीमाथि दुव्र्यवहार गरेको पाइएपछि खोजी गरेर मण्डललाई पक्राउ गरिएको जानकारी दिनुभयो।रातको समयमा ती युवा कसरी अस्पतालको महिला वार्डमा पुग्न सके र बिरामी कुरुवामाथि दुव्र्यवहार गर्न भ्याए भन्ने बारेमा पनि अनुसन्धान अघि बढाइएको जानकारी राईले दिनुभयो।

पक्राउ परेका सुरज पनि हेल्थ असिस्टेन्ट (एचए) अध्ययन गरेका युवा हुन्। उनले केही समय अघि कोसी अस्पतालमै स्यंवसेवकका रुपमा काम गरेको पनि पाइएको प्रहरीले जनाएको छ। उनी बिरुद्ध परेको किटानी जाहेरीका आधारमा प्रहरीले अभद्र व्यवहार मुद्दा चलाउन अनुसन्धान अघि बढाएको छ।

भिडियो हेर्न यहाँ थिच्नुहोस

(प्रस्तुत तस्विर हिन्दी चलचित्र कबिरसिङको हो, हामीले यो तस्विर संकेत स्वरुप प्रयोग गरेका हौँ-सम्पादक)