सुनसरी/ नेपाल निर्माण ब्यवसायी महासंघले ठेक्कापट्टामा सिण्डिकेटलाई प्रश्रय दिएको आरोप लागेको छ। बुधबार इटहरीस्थित खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा खुलाईको टेन्टरमा निर्माण ब्यवसायी महासंघ सुनसरीले सिण्डिकेटलाई प्रश्रण दिएको आरोप लागेको हो।

कोशी राजमार्ग अन्तरगत बिराटनगर इटहरी खण्डको खनार र दुहवीमा खुलाईएको पाईप बिछ्याउने कामको टेन्टरमा नेपाल निर्माण ब्यवसायी महासंघ सुनसरीले सिण्डिकेट लागु गरेको एक असन्तुष्ट निर्माण ब्यवसायीले पूर्वी खबरलाई नाम उल्लेख नगर्ने शर्तमा बताएका छन्।

उनले र इटहरीस्थित खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले खुलाएको टेन्डरमा ४५ वटा फर्म बिक्री भएको भएपनि सिन्डिकेट कायम गरेर बुधबार ४ वटा कम्पनिले मात्र टेन्डर हालेको बताएका छन्।

ति ब्यवसायीले ४५ वटा फर्म बिक्री भएकोमा ४ वटा मात्र कम्पनिले टेन्डर हाल्नु भनेको नेपाल निर्माण ब्यवसायी महासंघले सिण्डिकेट लागु गरेको आरोप लगाएका छन्। उनले इटहरीका एकजना ब्यवसायीले ‘बिचौलिया’को भूमिका निर्वाह गरेको भन्दै स्वत्रन्त रुपमा टेन्टर हाल्न पाउनुपर्ने तर्क समेत गरेका छन्।