काठमाण्डौ/ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसदहरुले कोरोनाको प्रकोप रहुञ्जेल संसद बैठकको भत्ता नलिने भएका छन्। यससम्बन्धमा नेकपाको स्थायी समिति बैठकमा प्रस्ताव पेश गरिएको छ।

बुधबारको बैठक सकिएको र शुक्रबार अर्काे बैठक बस्ने छ। सोही बैठकबाट सांसदले भत्ता नलिने निर्णय गर्न लागिएको छ। त्यस्तै संसदमा बिचाराधिन रहेको नागरिकता विधेयक र रुकुम घटनाको समीक्षा पनि बैठकको एजेण्डाका रुपमा समावेश गरिएको छ।

दृष्टि न्युजबाट