इटहरी/ अनेरास्वबियू सुनसरीले प्याब्सन र एन प्याब्सनले जारी लकडाउनको समयमा समेत अनिवार्य शुल्क तिर्न जारी गरेको आह्वान गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। अनेरास्वबियूले बुधबार बिज्ञप्ती जारी गर्दै यसो भनेको हो।

अनेरास्वबियू सुनसरीका संयोजक जीबी गजल र सह-संयोजक बुद्रोस लिम्बुद्वारा जारी बिज्ञप्तीमा यस्तो बिषम परिस्थितिमा सरकारले लिएको निती र बिद्यार्थी–अभिभावकले व्यहोरिरहेको संकटलाई पूर्ण रुपमा व्यवस्था गरी एकतर्फी रुपमा शुल्क उठाउने आह्वान आपत्तिजनक रहेको उल्लेख छ।

बिज्ञप्तीमा सुनसरी जिल्लाभित्र समेत शैक्षिक संस्था पूर्णतया बन्द भएको समयमा बिभिन्न बहानामा एकातर्फ कोरोनाको त्रास अर्कोतर्फ आर्थिक चाप हुनेगरी, बिद्यार्थी-अभिभावकलाई तनावग्रस्त बनाउनेगरी शुल्क नउठाउन हार्दिक आग्रह गर्दै आँफुहरुको आग्रहलाई बेवास्ता गरी कुनैपनि निजी बिद्यालयले शुल्क लिएको पाईए कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुनेछौ भनिएको छ।

हेर्नुहोस बिज्ञप्ती :

aasfu