सर्लाही/ इलाका प्रहरी कार्यालय नवलपुर सर्लाहीले गाँजासहित एक ब्यक्तिलाई पक्राउ गरेको छ। सोमबार सर्लाही प्रहरीले ५ केजी गाँजासहित ति ब्यक्तिलाई नियन्त्रणमा लिएको हो।

प्रहरी नायव निरिक्षक प्रबिन भट्टराईको नेतृत्वमा खटिएको इलाका प्रहरी कार्यालय नवलपुर सर्लाहीको टोलीले लालबन्दी नगरपालिका १ लखनदेही खोलाको बगरबाट हरिवन नगरपालिका ३ का ३५बर्षीय किरण लामालाई पक्राउ गरेको हो।

बिशेष सुचनाका आधारमा गस्तिमा रहेको प्रहरी टोलीले हरिवन नगरपालिकाबाट लालबन्दी नगरपालिका नवलपुर तर्फ आईरहेको ना ६२ प १७५९ नम्बरको मोटरसाईकलमा रहेका लामालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। लामालाई नियन्त्रणमा लिएपछि लामाको साथमा रहेको सुटकेश खोलेर हेर्दा सुटकेश भित्र प्लाष्टिकले बेरेको २ओटा पोकामा रहेको अढाई/अढाई केजीको दुईवटा पोका गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ गरेका लामाको साथबाट एउटा आईफोन र लामा सवार ना ६२ प १७५९ नम्बरको मोटरसाईकल बरामद गरेको सर्लाही प्रहरीले जनाएको छ । पक्राउ परेका लामालाई आवश्यक कारबाहीको लागी इलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।