सुनसरी/ प्रहरीले सुनसरी र झापाबाट लागुऔषधसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले सुनसरीको बराहक्षेत्र ८ शेरे चौकबाट दुईजना र झापाको कमल गाउँपालिका ५बाट तीनजनालाई नियन्त्रणमा लिएको हो।

सुनसरीको बराहक्षेत्र ८ शेरे चौकबाट बराहक्षेत्र ७ पिपलगाछीका २१ बर्षीय अनिल धामी र धरान १७ का २२बर्षीय बिशाल भुजेल पक्राउ परेका हुन्। धामी र भुजेललाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

susari
पक्राउ परेका अनिल धामी र बिशाल भुजेल

पक्राउ परेकाहरुको साथबाट DIAZALAB- ११एम्पुल, AVIL- ११ एम्पुल र LUPIGESIC-११ एम्पुल लागुऔषध बरामद गरिएको महेन्द्र नगर प्रहरीले जनाएको छ। प्रहरीले धामी र थापा सवार को ६ प २०२७ नम्बरको पल्सर मोटरसाईकलसमेत नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

यसैगरी झापा प्रहरीले कमल गाउँपालिका ५ स्थित पाडाजुंगी गौरीगञ्ज सडकखण्डबाट खैरोहिरोईन (ब्राउनसुगर) सहित झापा खयरवारीका २१ बर्षीय सेरा अली सोही ठाउँका २३ बर्षीय अन्नत प्रसाद गणेश र कमल गाउँपपालिका ५ का २०बर्षीय दिपेश थापालाई आईतबार(हिजो) बेलुका ५ बजे पक्राउ पक्राउ गरेको हो। pakrau jhapa

मोटरसाईकलमा सवार तीनैजनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट प्लाष्टिकको पोकामा लुकाई छिपाई राखिएको २८ ग्राम ९७ मिलिग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको हो । baramad mosa

पक्राउ परेकाहरुको साथबाट नगद ६ हजार रुपैया, दुईवटा मोबाईल र उनिहरु सवार बा ४४ प ९७८५ र मे ११ प ६५४६ नम्बरका दुईटा पल्सर मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ।