पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरे १०मा मोटरसाईकलको ठक्करबाट ६० बर्षीय चक्रबहादुर खड्काको ज्यान गएको छ। बा ६९ प ७४५ नम्बरको मोटरसाईकलको ठक्करबाट साईकलयात्री खड्काको ज्यान गएको हो।

पथरीशनिश्चरे स्थित भित्री सडक खण्डमा सोमबार बिहान साढे ९ बजे साईकलमा सवार खड्कालाई मोटरसाईकलले ठक्कर दिँदा गम्भिर घाईते हुनुभएको थियो। ठक्करबाट टाउकोमा समेत चोट लागी गम्भिर घाईते भएका खड्काको नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउसो पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

मोटरसाईकल चालक पथरी शनिश्चरेकै हेमचन्द्र बास्तोला पथरी प्रहरीको नियन्त्रणमा रहेको पथरी प्रहरीलाई उद्यृत गर्दै एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।