स्याङजा/ जिल्ला प्रही कार्यालय स्याङ्जाले भरुवा बन्दुकसहित जोगबहादुर चौहानलाई पक्राउ गरेको छ। स्याङ्जा प्रहरीले चौहानलाई आईतबार नियन्त्रणमा लिएको हो।

स्याङ्जाको वालिङ नगरपालिका ५ मझकोटका ३४बर्षीय जोग बहादुर चौहानलाई एकनाले भरुवा बन्दुक एउटा, बन्दुकमा बारुद भर्न प्रयोग हुने फलामको रड, बारुद, केप र छर्राहरुसमेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

चौहानले घरमा हातहतियार लुकाई राखेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले आईतबार राती आठ बजे चौहानको कोठा खान तलासी गर्दा लुकाई राखेको अवस्थामा ति सामान बरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका चौहानलाई जिल्ला अदालत स्याङ्जाबाट आज सोमबार १०दिनको म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।