दुहवी/ सुनसरीको दुहबी ४ मा ५७ लाख ९५ हजारको लागतमा दुहबी कोल्ड स्टोरको शिलान्यास गरिएको छ। दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले कोल्ड स्टोर भबनको शिलान्यास गर्नुभएको हो।

शिलान्यास पछि नगरप्रमुख गच्छदारले कोल्ड स्टोर निर्माण भएसगै किसानलाई प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो। कोल्ड स्टोरको अभावमा दुहबी नगरपालिकाका कृषकलाई पर्दैआएको मर्कालाई ध्यानमा राखेर कोल्ड स्टोर निर्माण कार्य अघि बढाईएको नगर प्रमुख गच्छदारले बताउनुभयो।

कोल्ड स्टोर निर्माण कार्य आरम्भ भएपछि कृषकहरुमा खुशीको लहर छाउने स्थानीयको बिश्वास छ। अब दुहबीका किसानलाई उच्च प्राथमिकता दिएर कृषिमा फड्को मार्नुपर्ने स्थानीय युवाहरुले बताएका छन्।

सो भवन दुहबी कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.ले निर्माण गर्ने भएको छ। शिलान्यास कार्यक्रममा दुहबी ४का वडाध्यक्ष राजन बस्नेतलगायतका जनप्रतिनिधिहरुको उपस्थिति थियो।