इटहरी/ नेपालमा थप ४२१ जना कोरोना संक्रमित थपिएका छन्। आईतबार थप ६४जना महिला र ३५७ जना पुरुषमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले ४२१ जनाको पिसिआर परीक्षणबाट संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। गौतमले कुल संक्रमितको संख्या ९हजार २६जना भएको र पछिल्लो २४ घण्टामा १९४ जना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या १हजार ७ सय ७२ पुगेको जानकारी दिनुभयो।

कोरोना संक्रमणका कारण गुल्मिमा थप एकजनाको मृत्यु
गुल्मीमा एकजना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले भारतबाट फर्किएका ६९बर्षीय बृद्धको होम क्वारेन्टाइनमा रहेको अवस्थामा असार ५गते निधन भएको बताउनुभएको छ।

उनको स्वाब संकलन गरेर परीक्षण गर्दा हिजो कोरोना संक्रमण पुष्टि भएको र मृतक प्यारालाइसिसको बिरामी भएको र उपचारको क्रममा भारत गएर फर्किएदेखि होम क्वारेन्टाइनमा नै बसेको डा. गौतमले बताउनुभयो।