इटहरी/ शुक्रबार बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका प्रदेश नम्बर १का चारजनासहित २४ जनाको शव नेपाल ल्याइदै छ। प्रदेश एकको मोरङ्ग, भोजपुर र संखुवासभाका तीनजनाको शव कतार बाट र संखुवासभाका एकजनाको शव कुवेतबाट नेपाल ल्याईन लागेको हो।

बैदेशिक रोजगारीका क्रममा कतारमा ज्यान गुमाएका मोरङ, सप्तरी, सिराहा, भोजपुरसहित १३जिल्लाका २०जना नेपालीको शव शुक्रबार नेपाल ल्याउने तयारी गरिएको छ। ती शवहरु लिएर कतार एयरलाइन्सको जहाज त्रिभुवन बिमानस्थलमा अवतरण हुनेछ।

कतार एयरलाइन्सले थप ४३ जना नेपाली पनि लिएर आउने जनाएको छ। उनीहरुलाई कतार सरकार आफैले पठाउन लागेको हो। साउदी अरब, यूएई र कुवेतबाट पनि चारवटा शव आउँदैेछन्।

कतारबाट ल्याईन लागिएका शवहरु :

मोरङको सुन्दरहरैँचाका युवराज अधिकारी, भोजपुरको देउरालीका मीनबहादुर थापा, भोजपुरको तुङ्गेछाका मंगलबहादुर तामाङ, सप्तरीको लोहताराका राजेन्द्रप्रसाद मण्डल, सिराहाको परासीका रुपेशकुमार मण्डल, सिराहाको सुखचैनाका कासिदेव यादब, लमजुङको धोदेनीका कुम्बा तामाङ, बाँकेको रझेनाका भक्तबहादुर थापा मगर, कपिलबस्तुको दोहनीका महमुद अलमान मुसलमान, सर्लाहीको हरिवनका मुस्ताक साइक, सर्लाहीको इश्वरपुरका अरुणकुमार पञ्जियार, सर्लाहीको सधोवाका पासवान, सुर्खेतको सहारेका नरबहादुर कामी, बर्दियाको मोतिपुरका सुकराम थारु, महोत्तरीको दम्हीका शिवशंकर राउत, महोत्तरीको औरहीका अनिल चौधरी, धनुषाको भरतपुरका चुतर्वा मण्डल, मकवानपुरको भीमफेदीका जितेन्द्र थापामगर, रुपन्देहीको देवदहका यामबहादुर थापाको शव नेपाल ल्याईन लागिएको हो।

यस्तै कुवेतबाट संखुवासभाका मानबहादुर आले मगरको र नुवाकोटका सोनु तामाङको शव नेपाल ल्याईदै छ । यस्तै युएईबाट सिन्धुपाल्चोकका पेम्बा नोर्बु शेर्पाको र साउदी अरबबाट भैरबबहादुर बस्नेतको शव नेपाल ल्याउन लागिएको हो।

७ वटा शव काठमाडौँमा नै अन्त्येस्टी गर्ने र बाँकी शवलाई घरसम्म पुर्‍याइदिने व्यवस्था रहेको बैदेशिक रोजगार बोर्डका कार्यकारी प्रमुख राजनकुमार श्रेष्ठले बताउनुभयो।यसअघि हिजो बिहीबार पनि दुईवटा शव ल्याइएको थियो। कोरोना भाइरसको महामारी र लकडाउनपछि बैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीको शव अलपत्र परेको थियो।

त्यसअघि बिदेशमै दाहसंस्कार गर्न सहमती दिने परिवारलाई सरकारले ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो। धेरै परिवार भने मृतक आफन्तलाई जसरी पनि स्वदेशमै ल्याएर दाहसंस्कार गर्ने पर्खाईमा थिए।