इटहरी/ शुक्रबारपनि देशका बिभिन्न ठाउँमा बर्षा हुने भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी २४ घण्टामा प्रदेश १, २, बाग्मती, प्रदेश ५ र गण्डकी प्रदेशका १/२ ठाउँमा बर्षा हुने महाशाखाले जनाएको छ।

ती क्षेत्रहरुका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक यातायात प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनसमेत मौसमविद्ले अनुरोध गरेका छन्।

Jhari IMG_8450 त्यस्तै, भोलि सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शनिबार बाग्मती, गण्डकी प्रदेश र प्रदेश ५ का १÷२ स्थानमा भारी वर्षाको सम्भावना छ। त्यस्तै, आइतबार सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा पूर्ण बदली रहने छ।

प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश १, बाग्मती, गण्डकी प्रदेश र प्रदेश ५ का १र२ स्थानमा भारी बर्षाको सम्भावना रहेको छ।

यसैबीच प्रदेश एकको इटहरीमा पनि करिव एक घण्टादेखि हल्का बर्षा भईरहेको छ।