इटहरी/ नेपालमा मंगलबार थप ३ सय ८० जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ। बिभिन्न जिल्लाका ३ सय ८० जनामा कोरोना संक्रमण देखिएको हो।

थप ३सय ८०जनामा कोरोना पुष्टि भएसँगै देशभर संक्रमण हुनेहरुको संख्या ६ हजार ५ सय ९१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले यस्तो जानकारी दिनुभएको हो।

हाल सम्म कोरोना संक्रमणका कारण नेपालमा १९ जनाको मृत्यु भएको छ भने १ हजार १ सय ५८ जना निको भएका छन्।

इटहरीका एकजनामा पनि कोरोना संक्रमण

सुनसरीको इटहरीमा पनि एकजना ५० बर्षीय ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। गत जेठ २६ गते भारतबाट इटहरी आएका इटहरी १८का उनि इटहरीको जनता बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा रहेका र उनको पिसिआर टेष्ट गर्दा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएका उनलाइ आजै धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थित कोभिड अस्पतालमा भर्ना गरि उपचार शुरु गरिएको छ।