केराबारी/ मोरङ्गको केराबारी गाउँपालिका ७ स्थित डाँगीको मुख्य सडक कालोपत्रै भएसँगै डाँगीबासीमा खुसीको सञ्चार भएको छ। केराबारी गाउँपालिकाको आर्थिक सहयोगमा मुल सडक कालोपत्रै भएसँगै डाँगीबासी प्रफुल्लित भएका हुन्। bato 2

केराबारी गाउँपालिकाबाट बिनियोजित सवा २ करोड रुपैँयाको लागतमा स्थानीय लांघाली चोकदेखि दक्षिण खदम खोलासम्म करिव २ किलोमिटर पक्की सडक निर्माण भएसँगै स्थानीयमा खुसीको सञ्चार भएको छ। bato 1

स्थानीयबासी सडक निर्माण भएपछि खुसीले गद् गद् त भएका छन् नै अव सडकको दायाँ बायाँ पक्कि ड्रेन निर्माण गर्न ‘कम्मर कसेर’ लागिपरेका छन्। उनिहरुले आगामी आर्थिक बर्षमा ड्रेन निर्माणका लागि बजेट बिनियोजन गर्न माग पत्र नै पेश गर्ने भएका छन्। त्यसका लागि अन्तिम तयारी भईरहेको स्थानीय यूवा जगत पुलामी मगरले जानकारी दिएका छन्। Bato 3

मगरले पक्की सडक निर्माण भएको ठाउँ(फ्यालि कित्ता नजिकैको बिवादास्पद बाटो जहाँ छिमेकी/ छिमेकीका बीच भएको लफडाका कारण करिव सय मिटर सडक निर्माण हुन सकेको छैन्) मा ड्रेन निर्माणका लागि आवश्यक बजेट माग गरिने बताएका छन्।

त्यसो त स्थानीय यूवाले सडक अतिक्रमण रोक्ने, छेउछाउका झाडिहरु फाड्ने उद्घोष गरेका छन् भने सडकका दुवैतर्फ आर्कशक गमला राखेर बिभिन्न फूलहरु रोप्ने सपना पनि साँधेका छन्।

तस्विर सौजन्य : लक्ष्मण/ डेभिड घिमिरे