सुनसरी/ प्रहरी प्रधान कार्यालयले ३६जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा गरेको छ। सरुवा भएका मध्य १६ जनाले जिल्ला प्रमुखका रुपमा जिम्मेवारी पाएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार एक नम्बर प्रदेश ट्राफिक कार्यलयका प्रमुख प्रहरी उपरिक्षक भिम दाहालको सरुवा जिल्ला प्रहरी कार्यालय उदयपुर भएको छ। यस्तै इटहरी ट्राफिकमा संजीव शर्मा दास आउने भएका छन्। यस्तै मोरङ जिल्लाका एसपी बिश्व अधिकारीलाई प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षक गण, काठमाडौँ सरुवा गरिएको छ भने उनको ठाउँमा सन्तोष खड्कालाई पठाईएको छ। खड्का प्रहरी प्रधान कार्यालय विशेष व्युरो नक्सालमा थिए ।

त्यस्तै धनकुटामा गोबिन्द अधिकारी, कास्कीमा जीबन श्रेष्ठ ,कपिलबस्तुमा नवराज अधिकारी र बाँकेमा ओम रानाको सरुवा भएको छ । त्यस्तै पाल्पामा दिपक खरेल, सिरहामा उमाशंकर पन्जियार, तनहुँमा अरुण पौडेल, इलाममा नविनराज राई, भक्तपुरमा तारादेवी थापालगायतको सरुवा भएको छ।

सरुवा सूची अनुसार जनकराज पाण्डेय डोटी, टीकाबहादुर केसी महोत्तरी, डम्बरबहादुर विक बुटवल ट्राफिक, दीपक रेग्मी पूर्वी नवलपरासी राजेन्द्रप्रसाद भट्ट सुर्खेत, सुरेन्द्रबहादुर गुरुङ गोरखा सरुवा भएका छन् ।