सुन्दरहरैँचा/ शिव सेना नेपालले मोरङ्गको सुन्दरहरैँचा ४ स्थित बलियामा प्रदर्शन गरेको छ। शिव सेनाले मोरङ्गको बलियामा राँके जुलुस प्रदर्शन गरेको हो।

शिव सेना नेपाल मोरङ्गका संयोजक सतिस पोख्रेलको नेतृत्वमा शिव सेनाले राँके जुलुस निकालेको हो। राँके जुलुसमा सहभागीहरुले राजतन्त्रको पक्षमा नाराबाजी गर्दै, MCC राष्ट्रका लागि धोका भएको भन्दै नाराबाजी गरेका थिए। IMG_8435

करिव एक सय जना सहभागी जुलुसलाई मोरङ्ग संयोजक पोख्रेलले संयोजन गरेका थिए भने सुनसरी संयोजक हिरा आचार्य, शिव सेना नेपालका नेता सुरज कँडेललगायत सहभागी थिए। IMG_8431

जुलुस बलिया चोकमा आई पुगेपछि प्रहरीले हस्तक्षेप गरेर मसाल खोसेको थियो। प्रहरीले हस्तक्षेप गरेपछि केहिबेर सहभागीहरुले नाराबाजी गरेका थिए। IMG_8430

IMG_8443 

यस्तै शिव सेनाले मोरङ्गको बिराटनगरमा पनि प्रदर्शन गरेको छ। बिराटनगरमा पनि शिव सैनिकहरुले राजतन्त्रको पक्षमा नाराबाजी गर्दै MCC को बिरोध गरेका थिए। उनिहरुले MCC राष्ट्रहितमा नभएको भन्दै नाराबाजी गरेका हुन्।