आयुर्वेद नै स्वस्थ्य जीवनको आधार हो। बिश्वलाई नै कोरोना भाईरसले आक्रान्त पारेको अवस्थामा स्वास्थ्य क्षेत्रको महत्व र प्रभावकारीता आजकोबेश मुद्धा बनेको छ।
यस अवस्थालाई मूल्यांकन गर्ने हो भने हाम्रो आयुर्बेद पद्धतिले कोभिड १९ तथा बिभिन्न महामारी जन्य रोगलगायत सर्ने तथा नसर्ने रोगमा महत्वपूर्ण भूमिका खेलेको छ।

हामीलाई केहि पत्रपत्रिका तथा सुचना सामग्रीहरुबाट हालसालै जानकारी भए अनुसार नेपाल आयुर्बेद औषधी व्यवसायी संघद्वारा प्रदेश नं १ सरकारका सामाजिक बिकास मन्त्री जीवन घिमिरेले गुर्जो, च्यवनप्रास, त्रिफला जस्ता आयुर्वेदिक औषधीहरु हस्तान्तरण गरेको केहिदिनमै बृद्ध आमा तथा २÷३ बर्षीय शिशुलाई लागेको कोरोनाबाट छुटकारा मिलेको भन्ने समाचार बारे हामी सबैलाई सर्वविविद नै छ।

दुःखको कुरो के छ भने आयुर्वेदको बिकाश तथा बिस्तारका लागि संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले कुनै कदम नचालेको अवस्था छ। हामीले इटहरी उपमहानगरपालिका क्षेत्रको एउटा उदाहरण हेर्ने हो भने नगर क्षेत्र भित्र जम्मा २ बटा मात्र आयुर्वेद स्वास्थ्य केन्द्र रहेको पाईन्छ। मूलभूत रुपमा यस आर्थिक वर्ष २०७७/०७८को बजेटले प्रत्येक वडा क्षेत्रमा एउटा आयुर्वेद गाउँघर क्लिनिक स्थापना नगर्ने हो भने आयुर्वेद स्वास्थ्य लोप हुदै जानेछ।

हामीलाई थाहा छ कि आयुर्वेदीय औषधीले कुनै प्रकारको साईड इफेक्ट नगर्ने तथा रोगको पूर्ण रुपले निर्मूल पार्ने काम गर्दछ। त्यसैले आफ्नै घरआगनमा रहेका बिभिन्न प्रकारका जडिबुटिहरुबाट धेरै प्रकारका रोगहरुको निर्मूल गर्न सकिन्छ। कम खर्चमा भरपर काम गर्ने हो भने हामी सबै जनसमुदायले आयुर्वेदीय औषधीको प्रयोग गर्नु जरुरी छ।

हाम्रा धेरै बडा तथा गाउँबासीहरुलाई यस बिषयको जानकारीको कमि रहेको अवस्थामा केन्द्र, प्रदेश तथा स्थानीय सरकारले यस आर्थिक वर्षमा समेट्ने गरी बजेट बिनियोजन गर्ने तथा गाउँघर क्लिनिकको माध्यमबाट जनजनमा जनचेतना जगाउने कार्य गर्नुपर्दछ । स्वास्थ्य नै जीवन हो भन्ने भनाईलाई हृदयाङ्गम गरी हामी सबैले आयुर्वेदको बिकास र बिस्तारका लागि अग्रसर हौँ। यसैमा हामी सबैको कल्याण हुनेछ।

–बिकास भण्डारी

(यो लेखकको ब्यक्तिगत बिचार हो यसमा पूर्वी खबरको सम्पादकीय नीति प्रतिविम्वित छैन -सम्पादक)