आर्थिक वर्ष २०७७/ ७८ का लागी इटहरी २ मा बिनियोजित बजेटलाई प्रभावकारी बनाउन मैले यस किसिमका रचनात्मक कृयाकलाप गरौँ।

१) इटहरी २लाई कृषिमा आत्मनिर्भर बनाउन वडाले तीनवटा निजि ट्याक्टर खरिद गरि कृषकसँग तेलको मात्र रकम लिने र पालो हिसाबले जोत्ने व्यबस्था मिलाउने।

२) जोतभोग गर्ने बित्तिकै प्राविधिकले कति बिउ लाग्ने हो सो को निर्धारण गरिदिने र वडाले बिउ बिजन निशुल्क उपलब्ध गराउने।

३) कृषकले उत्पादन गरेको कृषि जन्य बस्तु वा अन्य उत्पादनलाई वडाभित्र कृषि खरिद बिक्री केन्द्र खोलि र किन्ने र बेच्ने ब्यवस्ता मिलाउने,

४) यदि कृषकले उपभोग गरेर १ किलो मात्रै कृषि उत्पादन बिक्रि गर्न ल्याएमा सो पनि खरिद बिक्री गर्ने व्यवस्ता मिलाईदिने।

५) आफ्नो वडाभित्र पाउने कृषि सामाग्रीहरुको मुल्य वडाले आफैले निर्धारण गरिदिने।

६) २नम्बर वडा कार्यालयमा आयुर्वेदिक उपचार केन्द्र रहेको तर प्राथमिक स्वास्थ्य केन्द्र नरहेकाले सो को निर्माण यसै आर्थिक बर्षमै निर्माण गर्ने।

७) स्तरीय तथा आकर्षक सडकका लागि अब निर्माण हुने तथा निर्माणाधिन एवं निर्माण भईसकेका सडक पेटिमा, बिचभागमा रंग गर्ने तथा जेब्रा क्रशिङ बनाउने,

८) वाड नम्बर २मा पशु उपचार केन्द्र नभएकाले पशु उपचार केन्द्र अनिवार्य स्थापना गर्ने।

९) वडा नम्बर २लाई हराभरा बनाउन एक ब्यक्ति, एक बिरुवा रोप्नलाई निशुल्क रुपमा बिरुवा उपलब्ध गराउने,

१०) हालसम्म २ नम्बर वडा भित्र कुनै बैँकहरुको शाखा स्थापना नभएकाले, शाखा स्थापनाका लागि आवश्यक पहल गर्ने।

(लेखक राष्ट्रिय प्रजातन्त्र पार्टीको इटहरी २ का सचिव हुन् ,यो लेखकको ब्यक्तिगत बिचार हो यसमा पूर्वी खबरको सम्पादकीय नीति प्रतिविम्वित छैन -सम्पादक)