बिराटनगर/ बिराटनगरस्थित पोखरिया मावि र नीजि बिद्यालयका बिभिन्न संगठनहरुबीच बिवाद बढिरहेका बेला नेपाल शिक्षक महासंघ र सामुदायीक बिद्यालय अभिभावक संघ बिराटनगर समितिले पनि मुख खोलेको छ।

पोखरिया माध्यमिक बिद्यालय बिराटनगरको नाम जोडी सम्पूर्ण सामुदायीक बिद्यालयलाई नै होच्याउने र अपमान गर्ने गरी संस्थागत बिद्यालयसँग आवद्ध संघ संस्थाहरुले प्रेस बिज्ञप्ति जारी गरेको भन्दै शिक्षक महासंघ र अभिभावक संघले असन्तुष्टि व्यक्त गर्दै आइतबार अर्को प्रेस विज्ञप्ति जारी गरेको हो।

बिज्ञप्तीमा ‘पोखरिया माध्यमिक बिद्यालय बिराटनगरको नाम जोडी सम्पूर्ण सामुदायीक बिद्यालयलाई नै होच्याउने र अपमान गर्ने गरी संस्थागत बिद्यालयसँग आवद्ध संघ संस्थाहरुले निकालेको प्रेस बिज्ञप्तिप्रति नेपाल शिक्षक महासंघ बिराटनगर महानगर समिति र सामुदायीक बिद्यालय अभिभावक संघको गम्भिर ध्यानाकर्षण भएको छ,’ उल्लेख छ।

बिज्ञप्तीमा ‘संस्थागत बिद्यालयहरुको माग र आवाजलाई मात्र मुखरित गर्ने गरी प्रस्तुत हँुदै आएका अन्य अभिभावक संघ समेतको प्रस्तुतिप्रति हामी दुःख प्रकट गर्दछांै’ भनिएको छ।

दुवै संस्थाले स्वच्छ प्रतिस्पर्धा, सहकार्य र समझदारीवाट अगाडि बढ्नुपर्नेमा त्यसो नगरी शिक्षाप्रदान गर्ने जिम्मेवारी आफ्नो मात्रै हो भन्ने ढंगले एक आपसमा आक्षेप लगाई मैदानमा उत्रने संस्थागत विद्यालयहरुको प्रतिनिधिमूलक संस्थाहरुको कृयाकलापप्रति सचेत पनि गराएको छ। कोही कसैले पनि सामुदायीक बिद्यालयलाई होच्याउने कार्य नगर्न, नगराउन ध्यानाकर्षण गराउँदै बिज्ञप्तिमा सामुदायीक तथा संस्थागत बिद्यालय शिक्षाका दुई अभिन्न अंग हुन भन्ने कुरालाई राम्ररी बुझेको उल्लेख छ।

बिज्ञप्तीमा ‘हाम्रो इमान्दारितालाई गलत ढंगले नलिइयोस भन्ने हाम्रो चाहना हो। अरुलार्ई कानुको मर्यादा र सर्वाेच्चता सिकाउनेले आफ्नो कृयाकलापको आत्ममूल्यांकन गर्न समेत कडा रुपमा ध्यानाकर्षण गराउदछौँ,’ उल्लेख छ। बिज्ञप्तीमा ‘संयमता कायम गरी सहकार्यलाई अगाडि बढाउन समेत सम्बद्ध सबैलाई अपिल गर्दछाँै’ भनिएको छ।

बिज्ञप्तिमा सामुदायीक बिद्यालय अभिभावक संघ बिराटनगरका अध्यक्ष कृष्णप्रसाद गौतम, नेपाल शिक्षक महासंघका अध्यक्ष कुमार खतिवडा र सचिव डेककुमार बाँस्तोलाले हस्ताक्षर गर्नुभएको छ। pppp

यसअघि लकडाउनको उल्लंघन गर्दै बिराटनगरस्थित पोखरीया माध्यामिक बिद्यालयले बिद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिएको आरोप लगाउँदै नीजि बिद्यालय संचालकहरुको संगठन प्याब्सन र एनप्याब्सनले बिज्ञप्ति निकाल्दै कारबाहीको माग गरेको थियो। त्यसको भोलिपल्ट पोखरिया स्कुलले प्रवेश परिक्षा नलिएको भन्दै प्याब्सन बिराटनगरका अध्यक्ष इन्द्र राईबिरुद्ध कडा बिज्ञप्ति जारी गरेको थियो।

लगत्तै शनिबार निजी बिद्यालयहरुसँग सम्बद्ध बिभिन्न ४वटा संगठनले एकै स्वरमा पोखरिया स्कुललाई कारबाहीको माग गर्दै बक्तत्व दिएपछि बिवाद अझै बढेको थियो। त्यसको भोलिपल्ट आज बिज्ञप्ति निकाल्दै शिक्षक महासंघले सामुदायीक बिद्यालय बिरुद्ध जथाभावि बक्तव्यबाजी नगर्न निजी बिद्यालयका सञ्चालकहरुको संगठनहरुलाई चेतावनी दिएको हो।