केराबारी/ नेपाल सरकारले आर्थिक बर्ष ०७७/ ०७८ का लागि बजेट प्रस्तुत गरिसकेको छ। अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गर्नुभएको हो।

यसैबीच मोरङका स्थानीय तहहरुलाई प्रदान गरेको बजेटमा बिराटनगर महानगरपालिकालाई ९९करोड ३१ लाख बिनियोजन भएको छ। यस्तै मोरङ्गको स्थानीय तह मध्ये कटहरी गाउँपालिकाको बजेट २८ करोड ७७ लाख बिनियोजन भएको छ।

अर्थमन्त्री डा. खतिवडाले प्रस्तुत गर्नुभएको बजेटमा बिराटनगर महानगरपालिकालाई ९९ करोड ३१ लाख, सुन्दरहरैचा नगरपालिकालाई ५६ करोड ८० लाख रुपैँया, उर्लाबारी नगरपालिकालाई ४८ करोड ३८ लाख, पथरी शनिश्चरे नगरपालिकालाई ४६ करोड ४९ लाख, बेलबारी नगरपालिकालाई ४५ करोड ३१ लाख, रंगेली नगरपालिकालाई ४६ करोड ७ लाख, रतुवामाई नगरपालिकालाई ४३ करोड ३५ लाख, सुनबर्षी नगरपालिकालाई ३७ करोड ८१ लाख र लेटाङ नगरपालिकालाई ३३ करोड १४ लाख रुपैँया बिनियोजन भएको छ।

यस्तै गाउँपालिकातर्फ सबैभन्दा बढि बुढिगंगा गाउँपालिकालाई ३७ करोड २४ लाख, ग्रामथान गाउँपालिकालाई ३२ करोड ९९ लाख, कानेपोखरी गाउँपालिकालाई ३२ करोड ८० लाख, धनपालथान गाउँपालिकालाई ३२ करोड २९ लाख, मिक्लाजुङ गाउँपालिकालाई ३१ करोड ७० लाख, केराबारी गाउँपालिकालाई ३० करोड ८५ लाख, जहदा गाउँपालिकालाई, २९ करोड ७४ लाख र सबैभन्दा कम कटहरी गाउँपालिकालाई २८ करोड ७७ लाख रुपैँया बिनियोजन भएको छ। bujett