केराबारी/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केराबारीले गाँउकमिटिले खदम खोलामा जारी उत्खनन् तत्काल रोक्न माग गरेको छ। गाउँकमिटिले शनिबार बिज्ञप्ती जारी गर्दै उत्खनन् तत्काल रोक्न माग गरेको हो।

नेकपा केराबारीद्वारा जारी बिज्ञप्तीमा गाँउपालिकाले उत्खनन् गर्न दिएको परिमाण र अहिले उत्खनन् भएको परिमाणको नापजाँच सर्वपक्षिय प्रतिनिधि संलग्न गराइ तुरुन्तै सार्वजनिक गर्न र मापदण्ड बिपरित र तोकिएको परिमाण भन्दा बढी उत्खनन् भएको भए उत्खनन् गर्नेलाई कानुनि दायरामा ल्याउन गाँउपालिकासँग जोडदार माग गरेको छ।बिज्ञप्तीमा नेकपा केराबारीले हाल भईरहेको खोला उत्खनन् प्रतिवेदन नआउदा सम्मका लागि तुरुन्तै रोक्न केरावारी गाँउपालिका समक्ष जोडदार माग गरेको छ।

बिज्ञप्तीमा आगामी आर्थिक बर्ष २०७७/ ७८ मा खोलामा उत्खनन्को वातावरणीय प्रभाव मुल्यांकन मामदण्ड तयार गर्दा आम सरोकारवाला कृषक उपभोक्ता समितिहरुसँगको छलफल परामर्शमा तयार गरिनुपर्छ भन्ने बिषय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केरावारी गाँउपालिका संगठन कमिटीको बिगतबर्ष देखीनै स्पष्ट धारणा रहि आएको उल्लेख छ।

बिज्ञप्तीमा बिगत बर्षहरुमा पनि खोलाहरु मापदण्ड अनुसार मात्रै उत्खनन् गरिनुपर्छ खोलामा ओभर डिपोजीट गिटि बालुवामात्रै बातावरणीय प्रभाव मुल्यांकन गरी बिक्रि गरिनुपर्छ भनि गाँउपालिकालाई नेकपा, आम कृषक, उपभोक्ता र सरोकारवालाले कुरा उठाउदै आएको भएपनि हरेक बर्ष मापदण्ड बिपरित अव्यवस्थित रुपमा उत्खनन् हुदै आएको उल्लेख छ।

बिज्ञप्तीमा बातावरणीय प्रभाव मुल्यांकनलाई खोला ठेक्का लिने ठेकदार पक्षबाट लत्याउने गरिएको उल्लेख गर्दै गाँउपालिकाको अनुगमन फितलो हुने गरेको र गाँउपालिका र जिल्ला समन्वय समितिको फितलो अनुगमनको फाइदा उठाउदै ठेक्कामा लागेको परिमाण भन्दा धेरै परिमाण प्रत्येक वर्ष उत्खनन् भईरहेको बिषय आम मानिसको नजरबाट नछिपेको उल्लेख छ।

bigyapti
नेकपा केराबारीद्वारा शनिबार जारी बिज्ञप्ती

बिज्ञप्तीमा चालु आर्थिक बर्षमा नेकपा र सरोकारवालाहरुले बेलैदेखी पटक पटक गाँउपालिकाको ध्यानाकर्षण गराउँदा, स्थानीय बासिन्दाको जनगुनासो सर्वत्र आइरहदा र सञ्चार माध्यममा समेत अव्यवस्थित उत्खनन्को समाचार आईरहँदा समेत उत्खनन् गर्नुपर्ने परिमाण र मापदण्ड बिपरित हुँदा गाँउपालिकाले आँखा चिम्लिनु रहस्यमय भएको उल्लेख छ।

बिज्ञप्तीमा सरकारले जारी गरेको लकडाउनको अवधिमा पनि मेला बजार लागेझै गरि ट्रिफर, ट्याक्टर र जेसिविले खदम खोलामा उत्खनन् गरिरहँदा केरावारी ७, ८ र १० का आम किसानका कुलाका मुहान, खोलामा लगाइएका तारजालिका बाँध र चुरे पहाड जोखिममा परेको घाम जतिक्कै छर्लङग छ भनिएको छ। बिज्ञप्तीमा उत्खनन् गर्न तोकिएका नाका-नाकामा ५० मिटरको ड्याम छाड्नुपर्नेमा सो ड्याम समेत उत्खनन् भएको उल्लेख छ।

बिज्ञप्तीमा उत्खनन् नरोकिएमा र यसबाट हुने सम्पुर्ण क्षतिको जवाफदेहिता गाँउपालिकाले लिनुपर्छ भन्नेमा समेत ध्यानाकर्षण गराउन चाहन्छौ भनिएको छ।