इटहरी/ इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र ३ बाट दुईजनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले सुनसरीको बराहक्षेत्र ३ ईक्राहीका २२ बर्षीय गणेश लिम्बु र सोही ठाउँका १९ बर्षीय प्रदीप राजधामीलाई नियन्त्रणमा लिएको हो।

लिम्बु र राजधामीले जेठ १५ गते सुनसरीको बराहक्षेत्र नगरपालिका ३ ईक्राहीको जमुनाकित्तास्थित प्लटिङ जग्गाको बाटोमा बराहक्षेत्र ३ बाङे घर भई झापाको दमक बस्ने ३७ बर्षीय कमल राईको असारेको लठ्ठि प्रहार गरेर हत्या गरेका थिए। death body 2

मृतक राई २०७६ साल फागुन देखि ससुराली घर भरौलमा बस्दै आएको र केहि महिना अगाडी कमल राई र गणेश लिम्बु बीच झगडा हुँदा राईले लिम्बुलाई सामान्य कुटपिट गरेको खुलेको छ। सोही बिषयको रिसइवीको कारण जेठ १५ गते साँझ बराहक्षेत्र ३ नडाहामा कमल राई मादक पदार्थ सेवन गरी हिडिरहेको बेला गणेशले देखेर कमललाई फकाउँदै थप मादक पदार्थ सेवन गराएर राति करिव ८ बजे इक्राही टोलको जामुना कित्ता प्लटिङ मकैबारी नजिक पुर्‍याएर असारेको लठ्ठीले कमल राईको संवेदशिल अंग, टाउकोमा कुटपीट गरी निर्ममतापूर्वक हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सुनसरी प्रहरीले जनाएको छ। death body 1

शवलाई पोष्टमार्टमको लागि धरानस्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको र घटनास्थलबाट असारेको लठ्ठी दुईवटा फेला पारेको प्रहरीले जनाएको छ।