इटहरी/ इटहरी अस्पताललाई ५० हजार रुपैँया बराबरको स्वास्थ्य सामाग्री प्राप्त भएको छ। खप्तडी बस्नेत बंश बत्छला कुलपुजा समिति इटहरी १७ बिसनपुरले अस्पताललाई ति सामाग्री प्रदान गरेको हो।

समितिले प्रदान गरेको स्वास्थ्य सामाग्री इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मि गौतमले ग्रहण गर्नुभयो। संस्थाका सचिव राजेन्द्र बस्नेतले आफ्नो कुल पुजाको समयमा सबै बस्नेत बन्धुहरुको तर्फबाट सहयोग गरिएको बताउनुभएको छ।

उपप्रमुख गौतमले यस्तो महामारीको बेला गरिएको सहयोगको ठूलो महत्व हुने बताउदै धन्यवाद ज्ञापन गर्नुभएको छ।